जन्मदिनमा खानेपानी योजनालाई १० हजार उपहार

अखबार हब
२०७८ आश्विन १४, बिहीबार २०:४४

मकवानपुर । सामान्यतया मानिसले जन्मदिन केक काटेर मनाउने गरेका छन् । कोही कोहीले असाह्य अशक्तहरुलाई खाना खुआएर पनि जन्मदिन मनाउँने गरेका छन् । जन्मदिन मनाउने आ आफ्नो तरीका होला । तर जन्मदिनकै दिन आफ्नो ठाँउको विकास निर्माणमा लगानीहरु भने बिरलै भेटिन्छन् ।

यस्तै बिरलै भेटीने जन्मदिन मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर १ का एक स्थानियले पनि गरेका छन् । उनले जन्मदिन केक काटेर कुनै अनाथ आश्रममा गएर अनाथहरुलाई भोजन गराएर होईन आफ्नो वडाको खानेपानी योजनालाई १० हजार सहयोग गरेका छन् ।

मनहरी १ का विदुर थापाले आफ्नो वडाको खानेपानी योजनाका लागी आवाश्य पर्ने मोटर खरिद गर्नका लागी जन्मदिनको अवसरका १० हजार रुपैँया सहयोग गरेका हुन् । घण्टौँको बाटो हिडेर खानेपानी खान बाध्य वडाबासीलाई सहज खानेपानीको व्यवस्था होस र समयमानै खानेपानी योजनाको कार्य सम्मपन्न होस् भन्ने हेतुले जन्मदिनको अवसरमा आफुले नगद सहयोग गरेको थापाले बताएका छन् ।

आफ्नो जन्मदिन मनाउँन लाग्ने खर्च कटाएर मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा रहेको गोगनपानी खानेपानी आयोजनालाई १० हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।
उक्त खानेपानी अयोजनाबाट करिब ४० घरधुरी लाभानवित छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*