समाचार
एकेडेमी सञ्चालनका लागि हेटौंडा उपमहानगर र थापा बिच भएको सम्झौता रद्द
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापासँग एकेडेमी सञ्चालनका लागि गरेको सम्झौता रद्द गरेको छ । उपमहानगरपालिकाले थापा सम्बद्ध नेपाल स्पोर्टस् अर्गनाइजेसनसँग २५ लाख रुपैयाँको सम्झौता गरेको थियो । थापाले सम्झौताको विषय सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए । सम्झौताको विषयमा उपमहानगरपालिका विवादमा मुछिएसँगै उपमहानगरले...
जन्मदिनमा खानेपानी योजनालाई १० हजार उपहार
मकवानपुर । सामान्यतया मानिसले जन्मदिन केक काटेर मनाउने गरेका छन् । कोही कोहीले असाह्य अशक्तहरुलाई खाना खुआएर पनि जन्मदिन मनाउँने गरेका छन् । जन्मदिन मनाउने आ आफ्नो तरीका होला । तर जन्मदिनकै दिन आफ्नो ठाँउको विकास निर्माणमा लगानीहरु भने बिरलै भेटिन्छन् । यस्तै बिरलै भेटीने जन्मदिन मकवानपुरको मनहरी गाँउपालिका...
हेटौंडा अस्पतालमा निःशुल्क मुटुरोग शिविर
मकवानपुर । हेटौंडामा निःशुल्क मुटुरोग शिबिर संचालन हुने भएको छ । शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका मुटुरोग बिशेषज्ञबाट यही असोज १६ गते शनिबार शिविर हुने भएको हो । मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आयोजनामा कार्यक्रम हुन लागेको हो । मुटुरोग सम्बन्धी ७ जना डाक्टर र ४ जना प्राबिधिक...
मनहरीका मनकारी वडासदस्य,राज्यले दिएको सेवा सुविधा समाजसेवामा खर्च गर्दै
मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नंं.१ का वडा सदस्य नवराज पौडेलले राज्यवाट आफुले पाउने सेवा सुविधा आज सम्म पनि लिएका छैनन् । विगत ४ बर्ष अगि स्थानीयत तहको निर्वाचनमा निर्वाचीत भएपश्चात सरकारबाट आफुले पाउने सेवा सुविधा नलिएका हुन् । उनले राज्यवाट पाउने गरेको सेवा सुविधा ४ बर्ष...
एमालेले जबजलाई परिमार्जन गर्दै
काठमाडौँ । तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)लाई एमालेले समयानुकूल उन्नत बनाउने भएको छ। उच्च स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा यसलाई समेट्ने तयारी छ। पार्टीको नीति, विचार र संरचनाबारे टुंगो लगाउन एमालेको विधान महाधिवेशन भोलि शुक्रबार सुुरु हुँदै छ। पार्टीको विचार, सिद्धान्त,...
कर्मचारी सरुवाको सूची बाहिरै बन्न थालेपछि..
काठमाडौँ । गठबन्धन सरकारले साढे दुई महिनाको अवधिमा स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनमाथिको राजनीतिक हस्तक्षेपको पारो बढाएको छ । कर्मचारी सरुवा र बढुवालगायतका सूची सिंहदरबार र मन्त्रालय बाहिरबाटै बनेर आउने क्रम बढेपछि मुख्य सचिव शंकरदास वैरागी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले दिक्दारी महसुस...
पाथीभरा दर्शन गर्न अब कन्यामबाट हेलिकप्टर
काठमाडौँ । स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ । विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ देखि २९ गतेसम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो । सीता एयरका...
नेकपा (एस) का अध्यक्ष नेपाल अस्पताल भर्ना
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपाल ज्वरो र खोकी कम नभएपछि बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको उनको सचिवालयले जनाएको छ । स्वकीय सचिव मोहन गौतमले भने, ‘नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व...
हेटौँडामा गर्भवती महिला माथी निर्घात कुटपिट
मकवानपुर । हेटौडा उपमहानगरपालिकामा एक होटल व्यवसाय गर्दैै आएकी एक महिलामाथी निर्घात कुटपीट गर्ने एक हुल युवालाई प्रहरीले पक्राउ गरेको छ । गर्भवती अवस्थामा रहेकी उनलाई स्थानीय युवाले उनलाई पटक पटक घरमै गएर कुटपीट गर्ने गरेको पिडीत महिलाको भनाई छ । उनले सन्चालन गरेको होटलमा पटक पटक उधारो खाने...
मकवानपुरमा कोरोना बिरुद्धको पूर्ण खोप लगाउने एक लाख ४३ हजार
मकवानपुर। मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमण बिरुद्धको पूर्ण खोप लगाउने एक लाख ४३ हजार २ सय ५५ जना रहेका छन् । कोरोना बिरुद्धको पहिलो खोप लगाउने एक लाख ९ हजार ८ सय २० जना पुगेका छन् । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछी धेरैले कोरोनाको डरले खोप लगाएका छन्...










