समाचार
एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले भनिन्– ओलीको भाषण सुनेर थाक्दिनँ
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् । अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू...
बैशाख २ गते घलेगाउँ ‘सुखी गाउँ’ घोषणा गरिने
लमजुङ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । अब स्मार्ट भिलेज घलेगाउँलाई ०७९ बैशाख २ गते सुखी गाउँको रुपमा घोषणा गरीने घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले बताए । पुर्वप्रधानमन्त्री एवम् एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले बैशाख २ गते घलेगाउँलाई सुखी गाउँ...
समृद्ध नेपाल सुखी नेपालीको आकाक्षा पूरा युवालाई समृद्धिसंग जोड्नुपर्छ–मेयर महत
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले युवालाई समृद्धिसङ्ग जोडदै समृद्द नेपाल सुखी नेपालीको राष्ट्रिय आकाक्षा पूरा गर्न युवालाइ नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएका छन् । जिल्ला युवा समिति मकवानपुरको समन्वय तथा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाहरुमा गठित वडास्तरीय युवा क्लबका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व...
उपाध्यक्ष विष्णु पौडेलसहित एमाले नेता चीन प्रस्थान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीन प्रस्थान गरेका छन् । पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज बिहान चीन प्रस्थान गरेका हुन् । उपाध्यक्ष पौडेल नेत्रित्वको प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन...
महानगरविरुद्ध पोखरा उद्योग बाणिज्य संघ
कास्की । पोखरा महानगरपालिकाले नगर क्षेत्रमा होर्डिङ बोर्डको शुल्क लिने सूचना जारी गरेपछि पोखराका उद्योगी व्यवसायीहरुको संस्था पोखरा उद्योग वाणिज्य संघले आपत्ति जनाएका छ । विज्ञापन करका लागि महानगरले निजी कम्पनीलाई ठेक्का दिएको छ । अब हरेक पसलले टाँसेको १० वर्ग फुटभन्दा माथिको होर्डिङ बोर्डको शुल्क लाग्ने भएको छ...
हेटौंडा–२ बस्ने गोले लागुऔषधसहित पक्राउ
मकवानपुर। मकवानपुर प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सूचनाको आधारमा हेटौंडा–१४ घर भई हेटौंडा–२ मा डेरा गरी बस्ने २१ वर्षीय अजय गोलेलाई लागूऔषधसहित पक्राउ गरेको हो । अजयको कोठाबाट प्रहरीले डाईजेपाम ५८ एम्पुल, फेनार्गन ५७ एम्पुल, नुर्फिन ५७ एम्पुल गरी...
महिला जागरणलाई युवा नेताको पंखा सहयोग
मकवानपुर । हेटौंडा–१५ स्थित महिला जागरण अभियान समूहलाई नेपाली कांग्रेसका युवा नेताद्वय प्रतातकुमार दाहाल र राजेश बानियाँले आधा दर्जन पंखा सहयोग गरेका छन् । आइतबार महिला समूहको कार्यालयमा पुगेर हेटौंडा–१५ का वडा अध्यक्ष महारत्न लामाको उपस्थितमा पंखा सहयोग गरिएको हो । समूह अध्यक्ष मीना लामाले आगामी दिनमा पनि सहयोग...
वडा कार्यालय तोडफोड प्रकरण : कारबाहीको माग गर्दै प्रशासनमा ज्ञापनपत्र
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरतमणि पाण्डेलाई ज्ञापनपत्र बझाएको छ । आइतबार वडा कार्यालयबाट र्यालीसहित वडावासी र टोल विकास संस्थाले प्रशासन कार्यालय पुगेर तोडफोडमा संलग्न हुनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको हो ।...
हेटौंडाको ‘इन्फेरियोर’ ब्यान्ड च्याम्पियनको टपटेनमा
मकवानपुर । ब्यान्ड च्याम्पियन नेपालको प्रतियोगितामा हेटौंडालाई प्रतिनिधित्व गर्दै दी इन्फेरियोर ब्यान्ड टप १० मा पुगेको छ । करिब २ वर्ष अगाडि सुरु गरिएको ब्यान्ड च्याम्पियन बिचमा कोरोनाले गर्दा कार्यक्रमलाई निरन्तरता दिन सकिएको थिएन । तर, अब सम्भवतः चैत्रको दोस्रो हप्तादेखि एपी वान टेलिभिजनबाट प्रसारणमा आउने भनिएको छ ।...
मानव अधिकार संगठन मकवानपुरको सभापतिमा श्रेष्ठ
मकवानपुर । नेपाल मानव अधिकार संगठन, मकवानपुरको सभापतिमा सर्मिला श्रेष्ठ चयन भएकी छन्। शनिबार मकवानपुरद्धारा आयोजित छैठौँ वार्षिक साधरणसभा तथा तेस्रो जिल्ला अधिवेसनमा श्रेष्ठको नेतृत्वमा उप सभापति राजबाबु पहाडी सचिवमा सुवास चन्द्र अधिकारी, सहसचिवमा मञ्जु खराल, कोषाध्यक्षमा सुमित्रा थिङ चयन भएकी हुन्। त्यस्तैगरि सदस्यमा अपेक्षा बस्नेत,श्रद्धा ढुङ्गाना,राजेश गरिब, बिमला...










