समाचार

शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ तेस्रो पटक नेपाल आउँदै

काठमाडौं । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी शुक्रबार नेपाल आउँदैछन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । पाकिस्तान, भारत हुँदै उनी शुक्रबार नेपाल आइपुग्ने छन् । चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण सधै विशेष रहने गर्छ । यसपटक शुक्रबारबाट...

मन्त्री आलेले सलमान खानसँगको भिडियो कन्फ्रेन्समा भने, ‘हम बहुत खुस हुआ’

काठमाडौं । चर्चित भारतीय बलिउड अभिनेता सलमान खानसँग संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले भर्चुअल संवाद गरेका छन् । भर्चुअल संवाद कार्यक्रममा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए । कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै अब सबै सामान्य भएको उनको भनाइ थियो...

मकवानपुर प्रहरीद्वारा गाँजासहित चार जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले ४२ किलो अवैध लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मंगलबार राती ८ बजे समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मनहरी–६ बाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ४४०९ नम्बरको ट्रकलाई रोकी सुरक्षा जाँच गर्दा चालक बस्ने सिट पछाडि लुकाइ...

जानकारी पेस गर्न निर्देशन

काठमाडौँ । चिकित्सा शिक्षा आयोग कार्यकारी समितिको यही चैत्र ८ गते बसेको बैठकबाट शैक्षिक सत्र २०७८/२०७९ मा सिट निर्धारणसम्बन्धी निर्णय लिनका लागि आयोगको २०७७ साउन ३० गते बसेको बैठकको निर्णय नं ७ बमोजिम कार्यक्रमका बारेमा तीन दिनभित्र जानकारी पेस गर्न निर्देशन दिएको छ । आयोगले मंगलबार जारी गरेको सूचनाअनुसार...

१० जिल्लाका डीएसपी फेरिए (सूची सहित)

काठमाडौं । नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ । योसँगै प्रहरी प्रधान कार्यालयले डिएसपी इन्चार्ज हुने १० वटा जिल्ला प्रमुखहरु परिवर्तन गरेको छ ।...

पहिरोमा एक्स्काभेटर पुरिएपछि दाङ–सल्यान सडकखण्ड अबरुद्ध

दाङ। झरेको सुक्खा पहिरोले दाङ–सल्यान सडक खण्डमा एक्स्काभेटर पुरिएको छ । स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । सल्यानको कपुरकोट–३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला–ठूला ढुंगाले एक्स्काभेटरको केही भाग पुरिएको छ ।...

सुनिल गिरीले गरे तरुण दल र प्रदेश प्रतिनिधि परित्याग

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका युवा नेता सुनिल गिरीले आफू कुनै पनि पदमा नरहेन घोषणा गरेका छन् । नेपाल तरण दल हेटौंडा उपमहानगरपालिका सभापति तथा प्रदेश प्रतिनिधि समेत रहेका गिरीले आफ्नो पद त्यागको घोषणा गरेका हुन् । उनले आफ्नो फेसबुक पेजबाट कांग्रेसको क्रियाशील सदस्यमात्र रहने र कार्यकारी पदमा नबस्ने...

मनहरीमा रुखको हाँगाले थिचेर एकजनाको मृत्यु

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी–६ मा रुखको हाँगाले थिचेर एकजनाको मृत्यु भएको छ। मंगलबार दिउँसो चलेको हावाहुरीका कारण पैदल हिँडिरहेका एक पुरुषको रुखको हागाले च्यापिएर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ। मृत्यु हनेको पहिचान नखुलेको र घटनास्थल मनहरीबाट २ घण्टाको दुरीमा रहेको र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक...

हेटौंडाको जम्बोमा पत्नीको कुटाईबाट पतिको ज्यान गयो

मकवानपुर । मदिरा सेवन गरी मंगलबार साँझ हेटौंडा–३ जम्बोमा पत्नीको कुटाईबाट पतिको ज्यान गएको छ । हेटौंडा–३ जम्बोमा घरायसी विवादका क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट ४३ बर्षीय पति मित्रलाल सुनारको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । पत्नीको कुटाईबाट घाइते सुनारको उपचारको क्रममा...

सुमार्गीद्वारा वुवाको स्मृतिमा एम्बुलेन्स हस्तान्तरण

मकवानपुर । नेपालका प्रतिष्ठित व्यवसायी अजेयराज सुमार्गीले आफ्नो वुवाको स्मृतिमा एम्बुलेन्स सहयोगस्वरुप हस्तान्तरण गरेका छन् । माधवराज सुमार्गी स्मृति कोषका अध्यक्ष अजेयराज सुमार्गीले मनहरी–१, चकरीमा रहेको श्री शान्ति स्वलम्वन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स हस्तान्तरण गर्दै सुमार्गीले आगामी दिनमा पनि सहयोग जारी राख्ने...