हेटौंडा थानाभर्याङमा यात्रुबाहक बस दुर्घटना, दुई घाइते
मकवानपुर । हेटौंडा–११, थानाभर्याङस्थित मयुरी र यात्रुबाहक बस ठोकिँदा दुई घाइते भएका छन् ।
बुधबार (आज) राती काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ३७५७ नम्बरको यात्रुबाहक बस र ना १ ह ३५३८ नम्बरको मयुरी एक आपसमा ठोकिँदा मयुरीमा सवार दुई जना घाइते भएका हुन् ।
घाइतेको उपचारका लागि हेटौंडा ११ स्थित चुरेहिल हस्पिटलमा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यात्रुबाहक बस जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको र मयुरी चालक भने फरार रहेको प्रहरीले बताएको छ ।







