समाचार

भीमफेदीमा टाटा सुमो र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

मकवानपुर । हेटौंडा–भैंसे सडकखण्डको भीमफेदीमा सवारी दुर्घटना भएको छ । बिहीबार दिउँसो भीमफेदी गाउँपालिका–१ भैंसेमा टाटा सुमो र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको ना १ ज ३४७२ नम्बरको सुमो र काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना ४९ प २५५६ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर...

चीनबाट नेपाल भित्रियो २३२ मेट्रिक टन रासायनिक मल

सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार...

स्कुल बस र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

पोखरा । स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा बिहीबार बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका( १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका छन् । दुर्घटना आज (बिहीबार) बिहान करिब ६ बजेतिर भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । किस्मतले चलाइरहेको...

जोरपाटी-साँखु सडक पिच गर्न माग गर्दै थलीमा बाटो अवरुद्ध

काठमाडौं । जोरपाटी–साँखु सडकखण्ड कालोपत्रे (पिच) गर्न माग गर्दै थलीका बासिन्दाले सडक अवरुद्ध पारेका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आज बिहानैदेखि सडक अबरुद्ध पारेका हुन् । उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएका छन् । त्यसैले थली...

कालो सूचीमा राख्न सिफारिस ५ कम्पनीसँग सोधियो स्पष्टीकरण

काठमाडौं । कालो सूचीको सिफारिसमा परेका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । काम सन्तोषजनक नभएका अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालि कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौं र शिवराम कन्स्ट्रक्सन प्रालि दोलखालाई स्पष्टीकरण सोधिएको हो ।...

प्रदेश खेलकुदमा उत्कृष्ट प्रर्दशन गर्ने हेटौँडा ८ का खेलाडीलाई युवासंघको सम्मान

मकवानपुर । राष्ट्रिय युवा संघ हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ८ कमिटीले बागमती प्रदेशमा जारी पहिलो खेलकुद प्रतियोगीतामा उत्कृष्ट खेल प्रस्तुत गर्ने वडाका खेलाडीलाई सम्मान गरेको छ । जारी प्रदेश खेलकुद प्रतियोगीतामा पुरुष टी–२० क्रिकेट प्रतियोगीतामा धादिङलाई पराजित गर्दै मकवानपुरलाई विजयी गराउन महत्वपूर्ण खेल प्रस्तुत दिन वडाको श्रमिक टोलका समिर...

बागमतीसहित चार प्रदेशमा आज चट्याङसहित हल्का पानी पर्ने सम्भावना

काठमाडौं । आज मौसममा सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । यो...

मकवानपुरसहित बागमती प्रदेशको ६ जिल्लामा फैलियो बर्डफ्लु

मकवानपुर । बर्डफ्लु रोगको संक्रमण मकवानपुरसहित बागमती प्रदेशका जिल्लाहरुमा फैलिएको छ । हालसम्म बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु देखा परिसकेको छ । बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौंडाका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको हो । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार बर्डफ्लुका...

हेटौंडा थानाभर्‍याङमा यात्रुबाहक बस दुर्घटना, दुई घाइते

मकवानपुर । हेटौंडा–११, थानाभर्‍याङस्थित मयुरी र यात्रुबाहक बस ठोकिँदा दुई घाइते भएका छन् । बुधबार (आज)  राती काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ३७५७ नम्बरको यात्रुबाहक बस र ना १ ह ३५३८ नम्बरको मयुरी एक आपसमा ठोकिँदा मयुरीमा सवार दुई जना घाइते भएका हुन् । घाइतेको उपचारका लागि...

काँग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रवक्तामा घिमिरे

मकवानपुर । नेपाली काँग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. २ को दास्रो बैठक सम्पन्न भएको छ । बुधवार भएको कार्यसममिति बैठकले ६ वटा प्रस्ताव पारित गरेको हो । बैठकले काँग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ को सचिव बलराम घिमिरेलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ । अर्का सचिव थल बहादुर...