समाचार

इटहरीमा बम विष्फोट, दुई जना घाइते

विराटनगर । सुनसरीको इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका–२ को नवजागृति टोलमा बम विष्फोट भएको हो । विष्फोटमा परी दुई जना घाइत भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका– २ नवजागृति...

एनआरएनएले पशुपति क्षेत्रमा वृद्धाश्रम बनाउने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ दिलाएका छन्। सोमबार अपरान्ह संघको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा.बद्री केसी तथा रबिना थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ दिलाएका हुन् । नेपाल आउन नसकेका नवनिर्वाचित पदाधिकारीहरुले जुमबाटै शपथ लिएका थिए । गत शनिबार...

अवैध लागूऔषध गाँजासहित मकवानपुरबाट ५ जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले दुई स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गस्तीको क्रममा मनहरी–६ स्थित लोथर खोला हुँदै खयरघारीतर्फ शंकास्पद रुपमा पिढ्युमा भारी बोकी आइरहेको अवस्थामा चारजनालाई पक्राउ...

प्रतियुनिट ३८ रुपैयाँमा पनि किन्न नपाएपछि उद्योगमा काट्न थालियो बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा बिजुली कटौती थालेको छ । भारतको प्रतिस्पर्धी बजारबाट प्रतियुनिट ३८ रुपैयाँमा पनि बिजुली खरिद गर्ने गरी ‘बिड’ (बोलकबोल) गर्दा पनि अरुले नै महंगोमा किनेपछि उद्योगमा साँझ र रातिको समयमा बिजुली कटौती सुरु गरेको हो । यसले उद्योगहरुमा अघोषित ‘फोर्स लोडसेडिङ’को अवस्था आएको छ...

स्थानीय तहमा खटाइयो एकैचोटी ५१४ कर्मचारी

काठमाडौं । लामो समयदेखि कर्मचारी अभाव झेलिरहेको स्थानीय तहमा एकैचोटी ५१४ कर्मचारी खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट पास गरी आएका नयाँ कर्मचारी र अन्तर स्थानीय तह कामकाजका लागि निवेदन दिएका कर्मचारीलाई खटाइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका शाखा अधिकृत विवेक विडारीका...

चितवन र मकवानपुरबाट ३६५ केजी गाँजा बरामद, ६ जना पक्राउ

मकवानपुर । प्रहरीले चितवन र मकवानपुरबाट ३६५ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–११ गाल्दक बस्ने सानुभाई चेपाङको घरबाट करिब १ सय किलोग्राम गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला...

बैशाख ६ गतेबाट देशभर कृषि गणनाको तथ्याङ्क संकलन गरिदै

मकवानपुर । आगामीे बैशाख ६ गतेबाट कृषिगणना हुने भएको छ । देशभरको ७७ वटै जिल्लाको ७५३ वटा स्थानीय तहमा कृषि गणनाको तथ्याङ्क संकलन हुने भएको हो । आज हेटौंडामा जिल्ला स्तरीय कृषि गणना सचेतना गोष्ठि कार्यक्रमको अयोजना गर्दै बागमती प्रदेश कृषिगणना कार्यालयका अधिकृत राजेश दासले आउँदो बैशाख ६ गतेबाट...

स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जनाले मत हाल्न पाउने

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगका अनुसार वैशाख ३० को निर्वाचनका लागि आज बसेको आयोगको बैठकले अन्तिम नामावली टुंगो लगाएको हो । जस अनुसार १ करोड ७७ लाख ३३ हजार ७...

हेटौंडामा महिलामाथि छुरा प्रहार गर्ने अझै फरार

मकवानपुर। हेटौंडामा एक महिलामाथि छुरा प्रहार भएको छ । गएराति (शुक्रबार) ७ बजे हेटौंडा–७ स्थित हरियाली टोलको हो । स्थानीय २४ वर्षीया अनिशा राईलाई आफ्नै घर नजिकै छुरा प्रहार भएको र हेटौंडाको चुरेहील अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ स्थित ट्रमा सेन्टरमा पठाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका...

प्रणामी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुडासैनी

मकवानपुर । प्रणामी समुदायका युवाहरुको साझ संस्था प्रणामी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा विनोद पुडासैनी सर्वसम्मत चयन भएका छन् । संघको शनिवार हेटौंडामा भएको प्रथम जिल्ला अधिवेशनले पुडासैनीको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन गरेको हो । समितिको उपाध्यक्षमा प्रकाश वाग्ले, उपाध्यक्षमै रमेश मुडवरी, सचिवमा सागर उप्रेती, कोषाध्यक्षमा भरिपूर्ण नेपाल, सहसचिवमा...