समाचार

काँग्रेस तल्लो मकरी टोल कमिटीकोे नेतृत्वमा सुरेश

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ तल्लो मकरी काँग्रेस टोल कमिटीको अध्यक्षमा सुरेश पाण्डे चयन भएको छ । आज भएको काँग्रेस टोलकमिटीको भेलाले पाण्डेसहित २७ जनाको टोलकमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा सुब्बा बहादुर प्रजा,सचिव पवित्रा देउजालगायत चयन भएका छन् । कार्यक्रममा बोल्दै काँग्रेस महाधिवेश...

९ करोड १८ लाखको मतपेटिका खरिद गर्दै निर्वाचन आयोग

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मतपेटिका ठेक्का स्वीकृत गरेको छ। ९ करोड १८ लाख १२ हजार ५ सय रुपैयाँमा मतपेटिका आपूर्तिका लागि टेकुको केएस इन्टरनेशनललाई ठेक्का दिएको हो। आयोगले शनिबार सूचना जारी गर्दै ठेकेदार कम्पनीलाई आगामी सोमबार सम्झौताका लागि बोलाएको छ। मतपेटिका ठेक्काका लागि आयोगले इ–बिडिङ...

लागूऔषध र भरुवा बन्दुकसहित मकवानपुरगढीका गोङ्वा पक्राउ

मकवानपुर । लागूऔषध र भरुवा बन्दुकसहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ५२ को डिल बहादुर गोङ्वा रहेका छन् । बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट धादिङ्ग मकवानपुरबाट खटिएको प्रहरी टोलीले गोङ्वालाई विहिबार पक्राउ गरेको हो । उनको...

बालिका बलात्कार गर्नेलाई जिल्ला अदालत मकवानपुरको १८ वर्ष कैद फैसला

मकवानपुर । जिल्ला अदालत मकवानपुरले बालिका बलात्कार गरेको ठहर गर्दै एक युवकलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । अदालतले पीडितलाई पीडकबाट एक लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउन पनि आदेश गरेको छ । शुक्रबार जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको एकल इजलासले हेटौंडा उपमहानगरपालिका—११ का ३९ वर्षीय विमल लामालाई १८...

रसुवामा ३४ प्रतिशतले लगाए कोरोनाविरुद्धको बुस्टर डोज खोप

रसुवा । रसुवामा करिब ३४ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन् । जिल्लाको ५ वटै गाउँपालिकामा गरी हालसम्म ३३ दशमलब ८२ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोजको खोप लगाएका हुन् । स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेका अनुसार जिल्लामा २९ हजार एक सय ६ जनालाई बुस्टर डोजको...

हुप्रचौरमा ४७ करोड ९३ लाखको ११ तले बहुउद्देश्यीय भवन शिलान्यास

मकवानपुर । हेटौंडाको हुप्रचौरमा निर्माण सुरु भएको बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ । ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ११ तले भवनमा भ्यूटावरसहितको बहुउद्देश्यीय भवनको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गरेका हुन् । भवन निर्माणपश्चात् उपमहानगरको आन्तरिक स्रोतमा वृद्धि हुने मेयर महतको भनाइ छ...

कांग्रेस कार्यालयमा देउवाविरुद्ध नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा। शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दैछन् । त्यही बेला पार्टी...

चैतभित्र हातहतियार बुझाउन मकवानपुर प्रशासनको निर्देशन

मकवानपुर । चैत मसान्तभित्र हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ । प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार गृहमन्त्रालयको निर्देशन अनुसार सूचना जारी गरिएको हो । ‘स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवम् विश्वासिलो बनाउन...

२१ वर्षीय थापाले गरे धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा एक जनाले धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उदयपुर घर भइ चुनिखेलमा बस्दै आएका २१ वर्षीय भक्तबहादुर थापाले श्रीमती २४ वर्षीय लक्ष्मी तामाङ (थापा) को हत्या गरेका हुन् । मैनालीका अनुसार उनलाई दाउले...

फागुनमा झनै घट्यो विदेशिने नेपालीको संख्या

काठमाडौं । गत फागुन महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या झनै घटेको छ । माघमा भन्दा माघमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या १ हजारले घटेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट घट्न सुरु गरेको थियो । वैदेशिक रोजगार विभागका अनुसार...