काँग्रेस तल्लो मकरी टोल कमिटीकोे नेतृत्वमा सुरेश

अखबार हब
२०७८ चैत्र १२, शनिबार २२:३४

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ तल्लो मकरी काँग्रेस टोल कमिटीको अध्यक्षमा सुरेश पाण्डे चयन भएको छ ।

आज भएको काँग्रेस टोलकमिटीको भेलाले पाण्डेसहित २७ जनाको टोलकमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा सुब्बा बहादुर प्रजा,सचिव पवित्रा देउजालगायत चयन भएका छन् ।

कार्यक्रममा बोल्दै काँग्रेस महाधिवेश प्रतिनिधि शंकर न्यौपान भने – ‘कम्युष्टिलाई भोट दिनु भनेको मकै बारीको चौकिदार बाँदरलाई राख्नु सरह हो,चौकी दार अब कसलाई राख्ने त्यो तपाईको हातमा छ ।’ जनताको सेवा गर्ने पार्टी काँग्रेस भएकाले आगामी निर्वाचमा काँग्रेसकै उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका सभापति प्रकाश बर्तौलले एमाले भनेको लिङ्ग नछुट्यिको ‘न पोथी,न भाले’ सत्तामा हुदाँ एउटाकाम बाहिर रहँदा अर्कोकाम गर्ने पार्टी भएको बताउँदै बोलेको काम पुरा गर्ने पार्टी काँग्रेस मात्र रहेकाले काँग्रलाई नै जिताउँन मतदान गर्नु पर्ने बताए ।

मनहरी १ का पूर्व सभापति रामकुमार उप्रतीले पार्टी भित्रै एक अर्कामा प्रतिशोध शाध्दै गर्दा भोली ओली सरकारको हालत हुने भन्दै एक जुट भएर निर्वाचनमा केन्द्रीत हुन उनले आह्वान गरेका छन् ।

नेपाली काँग्रेस मनहरी – १ का सभापति रामप्रसाद उप्रेतीको सभाध्यक्षमा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका जिल्ला सदस्य तथा वडाका प्रतिनिधि राजकुमार वाइवाको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा काँग्रेस वागमती प्रदेश सदस्य जानकी लामा तमाङ,काँग्रेस नेता भरत पराजुली, काँग्रेस नेता रधुनाथ अधिकारी,काँग्रेस प्रतिनिधिसभा सदस्य राममणि न्यौपाने, क्षेत्रीय सचिव नवराज पौडेल , मनहरी १ का वडा अध्यक्ष शिवप्रसाद खनाललगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*