समाचार

ठेकेदारले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन नपाउने

स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट बञ्चित हुने भएका छन् । निर्वाचन आयोगको बुधबार बसेको बैठकले ठेक्कापट्टा वा चलअचल सम्पत्तिमा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने निर्णय गरेको हो । बैठकपछि आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणाका बुँदाहरुसमेत सार्वजनिक गरेको छ । जसमा...

हेटौँडाको १४ नम्बर वडामा गठबन्धनका कार्यकर्ताको रोईलो

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष दिपक खड्काले गठबन्धनका कार्यकर्ताले पराजित मानसिकता बोकेर वडा कार्यलयमा रोईलो गरेको बताएका छन् । बुधबार प्रेस चौतारी मकवानपुरसँगको अन्तरक्रियाको क्रममा उनले गठबन्धनका कार्यकर्ता आफूसँग प्रतिशोध साँध्नकै लागी हातमा चाबी बोकेर वडा कार्यालयमा धम्काउन आएको बताएका हुन् । स्थानीय तहको चुनाव...

चितवनको हर्दीमा १३२ केभी सबस्टेसनको उद्घाटन

चितवन । सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गरेका हुन् । चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत्...

सरिता गिरीको मुद्दा संवैधानिक इजलासमा

काठमाडौँ । जनता समाजवादी पार्टीकी पदमुक्त सांसद सरिता गिरीले दायर गरेको रिटको सुनुवाइ बुधबार संवैधानिक इजलासमा हुँदैछ । कायममुकाम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराई छन् । संघीय संसद् सचिवालयले गैरकानुनी रूपमा सांसद पदबाट निष्कासन गरेको भन्दै गिरी...

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी

मकवानपुर । नेपाल पत्रकार महासंघले आज विविध कार्यक्रम गरी ६७ औं स्थापना दिवस मनाइरहेको छ । स्थापना दिवसको सन्दर्भ पारेर बुधबार हेटौंडामा प्रभातफेरी आयोजना गरिएको छ । हेटौंडाको सीमाचोकबाट सुरु भएको प्रभातफेरी बुद्धचोक, चेम्बरमार्गहुँदै पुनः बुद्धचोकमा आएर टुंगिएको थियो । बुद्धचोकमा भएको विसर्जन सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ...

मकवानपुरका ४८ जना अधिवक्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने

मकवानपुर । मकवानपुरका ४८ जना अधिवक्ताहरुले नेपाल बार एशोसिएशनको निर्वाचमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएका छन् । जिल्ला अदालत मकवानपुर र उच्च अदालत पाटन हेटौंडा इजालासका ४८ जना अधिवक्ताले चैत १९ गते हुने नेपाल बार एशोसिएशनको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको हो । मङ्गलबार गठबन्धनका उम्मेदवारलाई मतदान...

व्यवस्थापन समितिको लापरबाहीले शिक्षाबाट बञ्चित बन्दै वालजीवन ज्योतिका विद्यार्थी

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ स्थित एक विद्यालयमा व्यवस्थापन समितिको मनोमानी देखिएको छ । मनहरी १ मकरीमा अवस्थित श्री वालजीवन ज्योति माविको आफूखुसी निणर्यले विद्यार्थीहरु उचित शिक्षा पाउनु पर्ने अधिकारबाट बञ्चित भएका हुन् । उक्त विद्यालयमा विभिन्न बाहनामा विद्यार्थीले विगत केहि दिनदेखि पूरा समय विद्यालयमा...

२० वर्ष पुरानो ट्याक्सी विस्थापित गर्दै वाग्मती सरकार

मकवानपुर । वाग्मती प्रदेश सरकारले २० वर्ष पुरानो ट्याक्सीलाई विस्थापित गरी विद्युतीय सवारी प्रयोगमा ल्याउने नीति अवलम्बन गर्ने भएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावलीमा यस विषयलाई समेट्ने तयारी गरेको हो । मन्त्रालयले पुरानो ट्याक्सीलाई विस्थापन गरी विद्युतीय सवारी सञ्चालन गर्न आवश्यक कानुन निर्माण...

इन्धन खपत घटाउने निगमको नयाँ उपाय–आइतबार सार्वजनिक बिदा, जोरबिजोर लागू गरौं

काठमाडौं । नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि आइतबार पनि सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको हो । बिदाका कारण सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने निगमको अनुमान रहेको छ...

भिजिबिलिटी कम हुँदा काठमाडौंको हवाई उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सोमबार बिहानैदेखि काठमाडौँको मौसम धुम्म भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणमा...