इन्धन खपत घटाउने निगमको नयाँ उपाय–आइतबार सार्वजनिक बिदा, जोरबिजोर लागू गरौं

अखबार हब
२०७८ चैत्र १५, मंगलवार १७:०२

काठमाडौं । नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि आइतबार पनि सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको हो ।

बिदाका कारण सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने निगमको अनुमान रहेको छ । यस्तै, निगमले निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि प्रस्ताव गरेको छ । जोरबिजोर प्रणालीले पेट्रोलियमको खपत कम हुन गई निगम र देशको व्यापार घाटामा सकारात्मक प्रभाव पर्ने निगमको ठम्याइ छ ।

त्यस्तै, सरकारले पेट्रोलियमबाट प्रतिलिटर १५ रुपैयाँ कर घटाउनुपर्ने माग पनि निगमले गरेको छ । निगमले पत्रमार्फत पेट्रोल र डिजलबाट चल्ने सवारीसाधनको आयातलाई निरुत्साहन गरी विद्युतीय सवारीसाधन आयातलाई प्रोत्साहन गर्ने नीति लिन पनि आग्रह गरेको छ । इन्धन खपत घटाउन खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी बिजुली प्रयोग गर्न नेपाल सरकारबाटै सार्वजनिक आह्वान हुनुपर्ने सुझाव निगमले दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*