हेटौंडामा महिलामाथि छुरा प्रहार गर्ने अझै फरार

अखबार हब
२०७८ चैत्र १३, आईतवार १२:२०

मकवानपुर। हेटौंडामा एक महिलामाथि छुरा प्रहार भएको छ । गएराति (शुक्रबार) ७ बजे हेटौंडा–७ स्थित हरियाली टोलको हो ।

स्थानीय २४ वर्षीया अनिशा राईलाई आफ्नै घर नजिकै छुरा प्रहार भएको र हेटौंडाको चुरेहील अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ स्थित ट्रमा सेन्टरमा पठाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनले छुरा प्रहार गर्नेमा हेटौंडा–२ घर भएका २९ वर्षीय सिर्जन यादब रहेको बताए । यादब अझै फरार रहेको बताउँदै उनको खोजि कार्य तिब्र भईरहेको बताए ।

मकवानपुर बहुमुखी क्याम्पसमा स्नातकोत्तर (एमएड) तेस्रो सेमेस्टरमा अध्ययनरत राई मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल सदस्य, सानाहातहरु नेपालका सदस्य, सुरक्षित वैदेशिक रोजगार परामर्श दाताको रुपमा कार्यरत रहेकी छन् ।

‘यादबले राईमाथि किन छुरा प्रहार गरे भन्ने अझै खुल्न सकेको छैन् । उनिहरुबीच पहिले देखि चिनजान रहेको भन्ने जानकारी आएको छ प्रवक्ता रिमालले भने, घटना भएको दिनदेखि यादब फरार रहेका छन् । यादबको घर पहिचान भइसकेको छ । उनि घर आएका छैनन् । खोजि कार्य तिब्र पारेका छौ । यादब पक्राउ परेपछि घटनाको बारेमा थप खुल्नेछ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*