समाचार

निर्वाचन अघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले मंगलबार निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । जनप्रतिनिधिले पदमा...

एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले भनिन्– ओलीको भाषण सुनेर थाक्दिनँ

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् । अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू...

बैशाख २ गते घलेगाउँ ‘सुखी गाउँ’ घोषणा गरिने

लमजुङ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । अब स्मार्ट भिलेज घलेगाउँलाई ०७९ बैशाख २ गते सुखी गाउँको रुपमा घोषणा गरीने घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले बताए । पुर्वप्रधानमन्त्री एवम् एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले बैशाख २ गते घलेगाउँलाई सुखी गाउँ...

समृद्ध नेपाल सुखी नेपालीको आकाक्षा पूरा युवालाई समृद्धिसंग जोड्नुपर्छ–मेयर महत

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले युवालाई समृद्धिसङ्ग जोडदै समृद्द नेपाल सुखी नेपालीको राष्ट्रिय आकाक्षा पूरा गर्न युवालाइ नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएका छन् । जिल्ला युवा समिति मकवानपुरको समन्वय तथा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाहरुमा गठित वडास्तरीय युवा क्लबका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व...

उपाध्यक्ष विष्णु पौडेलसहित एमाले नेता चीन प्रस्थान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीन प्रस्थान गरेका छन् । पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज बिहान चीन प्रस्थान गरेका हुन् । उपाध्यक्ष पौडेल नेत्रित्वको प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन...

महानगरविरुद्ध पोखरा उद्योग बाणिज्य संघ

कास्की । पोखरा महानगरपालिकाले नगर क्षेत्रमा होर्डिङ बोर्डको शुल्क लिने सूचना जारी गरेपछि पोखराका उद्योगी व्यवसायीहरुको संस्था पोखरा उद्योग वाणिज्य संघले आपत्ति जनाएका छ । विज्ञापन करका लागि महानगरले निजी कम्पनीलाई ठेक्का दिएको छ । अब हरेक पसलले टाँसेको १० वर्ग फुटभन्दा माथिको होर्डिङ बोर्डको शुल्क लाग्ने भएको छ...

हेटौंडा–२ बस्ने गोले लागुऔषधसहित पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सूचनाको आधारमा हेटौंडा–१४ घर भई हेटौंडा–२ मा डेरा गरी बस्ने २१ वर्षीय अजय गोलेलाई लागूऔषधसहित पक्राउ गरेको हो । अजयको कोठाबाट प्रहरीले डाईजेपाम ५८ एम्पुल, फेनार्गन ५७ एम्पुल, नुर्फिन ५७ एम्पुल गरी...

महिला जागरणलाई युवा नेताको पंखा सहयोग

मकवानपुर । हेटौंडा–१५ स्थित महिला जागरण अभियान समूहलाई नेपाली कांग्रेसका युवा नेताद्वय प्रतातकुमार दाहाल र राजेश बानियाँले आधा दर्जन पंखा सहयोग गरेका छन् । आइतबार महिला समूहको कार्यालयमा पुगेर हेटौंडा–१५ का वडा अध्यक्ष महारत्न लामाको उपस्थितमा पंखा सहयोग गरिएको हो । समूह अध्यक्ष मीना लामाले आगामी दिनमा पनि सहयोग...

वडा कार्यालय तोडफोड प्रकरण : कारबाहीको माग गर्दै प्रशासनमा ज्ञापनपत्र

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरतमणि पाण्डेलाई ज्ञापनपत्र बझाएको छ । आइतबार वडा कार्यालयबाट र्‍यालीसहित वडावासी र टोल विकास संस्थाले प्रशासन कार्यालय पुगेर तोडफोडमा संलग्न हुनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको हो ।...

हेटौंडाको ‘इन्फेरियोर’ ब्यान्ड च्याम्पियनको टपटेनमा

मकवानपुर । ब्यान्ड च्याम्पियन नेपालको प्रतियोगितामा हेटौंडालाई प्रतिनिधित्व गर्दै दी इन्फेरियोर ब्यान्ड टप १० मा पुगेको छ । करिब २ वर्ष अगाडि सुरु गरिएको ब्यान्ड च्याम्पियन बिचमा कोरोनाले गर्दा कार्यक्रमलाई निरन्तरता दिन सकिएको थिएन । तर, अब सम्भवतः चैत्रको दोस्रो हप्तादेखि एपी वान टेलिभिजनबाट प्रसारणमा आउने भनिएको छ ।...