जानकारी पेस गर्न निर्देशन

अखबार हब
२०७८ चैत्र ९, बुधबार १०:१८

काठमाडौँ । चिकित्सा शिक्षा आयोग कार्यकारी समितिको यही चैत्र ८ गते बसेको बैठकबाट शैक्षिक सत्र २०७८/२०७९ मा सिट निर्धारणसम्बन्धी निर्णय लिनका लागि आयोगको २०७७ साउन ३० गते बसेको बैठकको निर्णय नं ७ बमोजिम कार्यक्रमका बारेमा तीन दिनभित्र जानकारी पेस गर्न निर्देशन दिएको छ ।

आयोगले मंगलबार जारी गरेको सूचनाअनुसार विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्थाहरूलाई आफूले सञ्चालन गरिरहेको र गर्न लागेका शैक्षिक कार्यक्रमका बारेमा सूचनामा तोकिएबमोजिम स्पष्ट पार्न निर्देशन दिइएको छ ।

आयोगका उपसचिव सीताराम कोइरालाद्वारा जारी सूचनामा विश्वविद्यालयको कार्यक्रम सञ्चालन भएको शिक्षण संस्थामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्तर्फका प्रमाणपत्र तहका कार्यक्रम हालसम्म सञ्चालन भएका भए यसै शैक्षिक सत्रदेखि विश्वविद्यालय वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मध्ये कसका कार्यक्रम सञ्चालन हुने र नहुने स्पष्ट खुलाएर तीन दिनभित्र पेस गर्न निर्देशन दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*