बालिका बलात्कार गर्नेलाई जिल्ला अदालत मकवानपुरको १८ वर्ष कैद फैसला

अखबार हब
२०७८ चैत्र ११, शुक्रबार २१:१४

मकवानपुर । जिल्ला अदालत मकवानपुरले बालिका बलात्कार गरेको ठहर गर्दै एक युवकलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । अदालतले पीडितलाई पीडकबाट एक लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउन पनि आदेश गरेको छ ।

शुक्रबार जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको एकल इजलासले हेटौंडा उपमहानगरपालिका—११ का ३९ वर्षीय विमल लामालाई १८ वर्ष कैद सजाय सुनाएको हो । अभियुक्त लामाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो । लामाले २०७८ असार २ गते बालिकालाई हेटौंडा उपमहानगरपालिका—१० स्थित एक होटलमा लगेर बलात्कार गरेका थिए ।

चितवनबाट हेटौंडा घर आएकी बालिका राति बसपार्कमा ओर्लिएकी थिइन् । लामाले बालिकालाई घर पुर्‍याइदिने भनेर झुक्याएर होटलमा लगेर बलत्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अभियुक्त लामालाई क्षेत्रीय कारागार भीमफेदीमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*