काँग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रवक्तामा घिमिरे
मकवानपुर । नेपाली काँग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. २ को दास्रो बैठक सम्पन्न भएको छ । बुधवार भएको कार्यसममिति बैठकले ६ वटा प्रस्ताव पारित गरेको हो ।
बैठकले काँग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ को सचिव बलराम घिमिरेलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ । अर्का सचिव थल बहादुर थापा (सन्तोष)लाई बैठक भेला गर्ने जिम्मेवारी दिइएको प्रतिनिधि सभा २ का सदस्य राममणी न्यौपानेले जानकारी दिए ।
त्यस्तै, बेठकले काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ को कोषाध्यक्षमा मदन जोशीलाई नियुक्त गरेको छ । सदस्यहरुमा सरोज पौडेल, मन्दिरा केसी, शिवशंकर स्याङ्तानलाई मनोनित गरेको न्यौपानेले बताए ।
बैठकले, कार्य सम्पादन समितिमा हरिनारायण हुमागाईं, सूर्यबहादुर बि.क., प्रेम भोम्जन, सक्सना लटौला, भुमक लामा र शिवशंकर स्याङ्तान, सरोज पौडेल, उर्मिला गोले, जयकान्त प्रजा, मोहन वाइबा र कृष्णमाया राईलाई चयन गरेको उनले जानकारी दिए ।
काँग्रेस विधान अनुसार स्वत समितिको सदस्य हुने व्यवस्था अनुसार इश्वरनाथ पौडेल चयन भएका छन् । भने संसदीय समिति विधानको धारा ३१ (क)को ३ बमोजिम संसदीय समिति सदस्यहरुमा उर्मिला गोले, सरोज पौड्याल, सक्सना उप्रेती, शिवशंकर स्याङ्तान, मोहन वाईबा सर्वसम्मत् चयन गरेको हो ।
बैठक काँग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति लोकबहादुर मोक्तानको सभाध्यक्षतामा भएको हो ।







