प्रदेश खेलकुदमा उत्कृष्ट प्रर्दशन गर्ने हेटौँडा ८ का खेलाडीलाई युवासंघको सम्मान

अखबार हब
२०७८ चैत्र १०, बिहीबार ११:४६

मकवानपुर । राष्ट्रिय युवा संघ हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ८ कमिटीले बागमती प्रदेशमा जारी पहिलो खेलकुद प्रतियोगीतामा उत्कृष्ट खेल प्रस्तुत गर्ने वडाका खेलाडीलाई सम्मान गरेको छ ।

जारी प्रदेश खेलकुद प्रतियोगीतामा पुरुष टी–२० क्रिकेट प्रतियोगीतामा धादिङलाई पराजित गर्दै मकवानपुरलाई विजयी गराउन महत्वपूर्ण खेल प्रस्तुत दिन वडाको श्रमिक टोलका समिर चौलागाँई, एथ्लेटिक्स प्रतियोगीताको सटपुटमा दोश्रो हुने वडाको नमुना टोलका जयकुमार मगर,तेक्वान्दो डोजाङ ७४ केजी तौल समुहमा रजत पदक प्राप्त गर्ने वडाको किरण टोलका सुरज स्याङ्वोलाइ युवा संघ ८ नम्बर वडा कमिटी र मदन भण्डारी स्पोर्टस एकेडेमी ८ नम्बर वडा कमिटीले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यहरु,युवा संघ प्रदेश, जिल्ला नगर र वडा कमिटीका सदस्यहरुको सहभागीता रहेको थियो । खेलाडीलाई हेटौँडा ८ का वडाध्यक्ष गोपाल श्रेष्ठटले प्रमाणपत्र खादा लगाएर सम्मान गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*