हेटौंडा–२ बस्ने गोले लागुऔषधसहित पक्राउ

अखबार हब
२०७८ चैत्र ६, आईतवार १९:५८

मकवानपुर। मकवानपुर प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सूचनाको आधारमा हेटौंडा–१४ घर भई हेटौंडा–२ मा डेरा गरी बस्ने २१ वर्षीय अजय गोलेलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

अजयको कोठाबाट प्रहरीले डाईजेपाम ५८ एम्पुल, फेनार्गन ५७ एम्पुल, नुर्फिन ५७ एम्पुल गरी १७२ एम्पुल, लागुऔषध नाईट्रोभेट ८१ ट्याब्लेट , लागुऔषध ओनरेक्स ३ बोतल, ट्रामाडोल २१ क्याप्सुल र नगद २९ हजार ६ सय ५० रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका गोलेमाथि आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*