मानव अधिकार संगठन मकवानपुरको सभापतिमा श्रेष्ठ
मकवानपुर । नेपाल मानव अधिकार संगठन, मकवानपुरको सभापतिमा सर्मिला श्रेष्ठ चयन भएकी छन्। शनिबार मकवानपुरद्धारा आयोजित छैठौँ वार्षिक साधरणसभा तथा तेस्रो जिल्ला अधिवेसनमा श्रेष्ठको नेतृत्वमा उप सभापति राजबाबु पहाडी सचिवमा सुवास चन्द्र अधिकारी, सहसचिवमा मञ्जु खराल, कोषाध्यक्षमा सुमित्रा थिङ चयन भएकी हुन्।
त्यस्तैगरि सदस्यमा अपेक्षा बस्नेत,श्रद्धा ढुङ्गाना,राजेश गरिब, बिमला नेपाली इन्दिरा लुइटेल र तेजकुमारी थापा रहेका छन् ।
कार्यक्रममा निर्वाचन समितिको संयोजक कृष्ण प्रसाद दाहाल, सदस्यमा बिजेन्द्र अग्रवाल र अधिवक्ता रमा चौँलागाई रहेका थिए ।
निर्वाचित कार्यसमितिले कृष्ण प्रसाद दाहाल, बास्देव श्रेष्ठ, विजय बैद्य र बिजेन्द्र अग्रवाललाई सल्लाकारमा चयन गरिएको छ ।
संगठनको नेतृत्वमा रहेर काम गरिरहदा सधै मानव अधिकारका निम्ति काम गरिरहेको स्मरण गर्दै अबको कार्यकालमा मानवकै हक हितमा विधान अनुसार काम गर्नुपर्ने अप्सरा बस्नेतले बताईन् । ३ वर्षे कार्यकालमा गरेका कामहरुको जानकारी दिदै उनले भनिन् सबैको साथ पाएँ । अब म निवर्तमान हुदै छु । अबको कार्य समितीले मानव अधिकारककालागि इमान्दार भएर काम गर्नुहुने छ भन्ने मलाई विश्वास छ ।
सभापति बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा महामुनेश्वरको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले, संस्थापक अध्यक्ष कृष्ण प्रसाद दाहालको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सल्लाहाकार विजय कुमार बैद्य, सि आइ सि प्रदेश प्रमुख रघुनाथ खराल, डि एल ए अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, ए आइ ६७ समुह संयोजक हेमन्त ढुङ्गेल नारी संरक्षण केन्द्र संयोजक दिपा गुरुङ्ग लगायत अधिकार कर्मी निवर्तमान पदाअधिकारीहरुको सहभागीता रहेको थियो ।







