समाचार

बारामा टेम्पोको ठक्करबाट महिलाको मृत्यु

बारा । बाराको कलैया उपमहानगरपालिका–१८, मनगढवामा टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय ५० वर्षीया कौशिला देवीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर भाइते भएकी उनको उपचारका क्रममा वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ । सडक पार गर्दै गरेकी उनलाई हिजो बेलुका करिब ८ बजे...

स्थानीय तह निर्वाचन : कुन पदका लागि कति धरौटी ?

मकवानपुर । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । त्यसको लागि निर्वाचन आयोगले वडा सदस्य देखि अध्यक्ष र प्रमुखका लागि धरौटी रकम तोकेको छ । जसमा स्थानीय तहको वडा सदस्य उठ्नेले ५०० धरौटी बुझाउनु पर्ने हुन्छ । वडा अध्यक्षका लागि एक हजार रुपैयाँ धरौटी तोकिएको छ ।...

मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु, एक घाइते

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई...

सभापति लामाको अभिव्यक्तिप्रति यौनिक तथा लैंगिक अपल्संख्यक समुदायको आपत्ति

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आफ्ना कार्यकर्तालाई गाली गर्दा प्रयोग गरेको शब्दप्रति यौनिक तथा अल्पसंख्यक समुदायले आपत्ति जनाएको छ । मंगलबार दिउँसो काँग्रेस पार्टी कार्यालय मकवानपुरमा आफ्नै कार्यकर्ताहरुले लगाएको ताला फोड्ने क्रममा उनले पार्टी कार्यालयमा तालाबन्दी गर्दासमेत केहि नबोल्नेहरुलाई हिजडा, नालायक बन्दै तुच्छ भाषा प्रयोग गरेका...

राक्सिराङ्गमा चट्याङ लागेर एक जना घाइते

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ८ गोङरेङमा चट्याङ लागेर एक जना घाइते भएका छन् । आज साँझ परेको चट्याङका कारण स्थानीय जीतबहादुर गोले घाइते भएका हुन् । घाइते गोलेलाई उपचारको लागि मनहरी ल्याइएको राक्सिराङ–८ का वडा अध्यक्ष रामकृष्ण प्रजाले जानकारी दिए ।

एकीकृत समाजवादीको घोषणा पत्रः मदिरा सेवन गर्न अनुमति लिनुपर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूले चुनाव जितेको पालिकाहरुमा मदिरा सेवन गर्नेहरूले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्ने घोषणा गरेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा एकीकृत समाजवादीले मदिरा सेवदनमा कडाइ गर्ने उल्लेख गरेको हो । जथाभावी मदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमा...

हेटौंडामा नाम मात्रको प्रदेश निर्वाचन कार्यालय

मकवानपुर । संघीयता कार्यान्वयनका लागि सरकारी संयन्त्रहरू प्रदेशस्तरमा सञ्चालनका क्रममा हेटौंडामा स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालय नाममा मात्र सीमित भएको छ । ‘प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश हेटौंडा’ नामकरण गरेर हेटौंडा–५ स्थित सानोपोखरामा चैत ०७७ मा निर्वाचन आयोगले स्थापना गरेको कार्यालय नाममा मात्र सीमित भएको हो । निर्वाचन आयोगले...

९ गतेदेखि खटिँदै म्यादी प्रहरी

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना भएका १ लाख म्यादी प्रहरी वैशाख ९ गतेदेखि ड्युटीमा खटिने भएका छन्। देशभरका सबै जिल्लामा सञ्चालन भएको ज्ञान र सीप प्रदान गर्ने तालिममा उनीहरू सहभागी भइरहेका छन्। तालिम गत चैत २८ गतेदेखि यही वैशाख ८ गतेसम्मका लागि...

भारतमा कोरोनाको चौथो लहरको संकेत

काठमाडौं । भारतमा कोरोना महामारीको चौथो लहरको संकेत देखिन थालेको छ। त्यहाँ एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ। पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन्। अघिल्लो दिन थपिनेको संख्या १ हजार १ सय ५० थियो। त्यसैगरी पछिल्लो २४ घण्टामा २...

६ हजार थान अमेरिकी हतियार किन्दै नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले आधुनिक हतियार खरिद गर्न लागेको छ । हतियार खरिदका लागि अर्थ मन्त्रालयले सेनालाई २ अर्ब रुपैयाँ बजेट निकासा दिइसकेको छ । दुई चरणमा सेनाले ६ हजार थान अमेरिकी हतियार ल्याउन प्रक्रिया अघि बढाएको छ । सैनिक स्रोतका अनुसार सेनाले एम–१६ र एम–४ हतियार र पेस्तोल...