स्थानीय तह निर्वाचन : कुन पदका लागि कति धरौटी ?
मकवानपुर । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । त्यसको लागि निर्वाचन आयोगले वडा सदस्य देखि अध्यक्ष र प्रमुखका लागि धरौटी रकम तोकेको छ ।
जसमा स्थानीय तहको वडा सदस्य उठ्नेले ५०० धरौटी बुझाउनु पर्ने हुन्छ । वडा अध्यक्षका लागि एक हजार रुपैयाँ धरौटी तोकिएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि १ हजार ५ सय रुपैयाँ धरौटी तोकिँदा नगर प्रमुख र उपप्रमुखको धरौटी रकम पनि १ हजार ५ सय रहेको छ । निर्वाचन आयोगले महिला, दलित वा अल्पसङ्ख्यक समुदायका लागि भने धरौटीमा ५० छुटको व्यवस्था गरेको छ ।







