बारामा टेम्पोको ठक्करबाट महिलाको मृत्यु

अखबार हब
२०७९ बैशाख ७, बुधबार १०:३४

बारा । बाराको कलैया उपमहानगरपालिका–१८, मनगढवामा टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय ५० वर्षीया कौशिला देवीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर भाइते भएकी उनको उपचारका क्रममा वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ । सडक पार गर्दै गरेकी उनलाई हिजो बेलुका करिब ८ बजे ना १ ह ६०८२ नम्बरको टेम्पोले ठक्कर दिएको थियो । टेम्पोसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*