समाचार
सप्तरीमा दुई मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु
सप्तरी । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२४१ प।२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१–०२०४१ प।९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका...
अज्ञात समूहले गरे मस्जिदमा आक्रमण, ८ जना घाइते
दाङ । दाङको एक मस्जिदमा अज्ञात समूहबाट आक्रमण हुँदा नमाज पढिरहेका ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको...
हेटौंडाको दिव्य बाल उद्यानमा रहेको मदनआश्रितको सालिक तोडफोड
मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नम्बर – ९ स्थित निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात ब्याक्तिहरुले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको प्रतिमा तोडफोड गरेका हुन् । आज बिहान पार्कमा मर्निङ वाक गर्न आएका स्थानियले शालिक टोडिएको देखेपछी पार्क व्यवस्थापन समितिलाई जानकारी गराएका...
एसईई भोलिदेखिः काठमाडौंमा ३६ हजार, मनाङमा २९ परीक्षार्थी
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबार सुरु हुँदैछ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको हो । एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट...
‘समावेशी’ शब्द नअटेको एकीकृत समाजवादीको घोषणापत्र
काठमाडौं । स्थानीय चुनावका लागि अन्य दललाई उछिन्दै नेकपा एकीकृत समाजवादीले ४७ पृष्ठ लामो घोषणापत्र सोमबार सार्वजनिक गर्यो । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणापत्र सार्वजनिक भएको छ । बाँकी दलहरूको घोषणापत्र सार्वजनिक हुन बाँकी छ । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले...
अक्सिजन प्लान्ट विस्फोट: मृत्यु हुनेको संख्या दुई पुग्यो
काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको हो । बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा...
हेटौंडाकी २४ वर्षीया युवतीलाई छुरा प्रहार गर्ने यादवद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
मकवानपुर । हेटौंडामा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएकी २४ वर्षीया युवतीलाई छुरा प्रहार गर्ने सिर्जन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौंडा–८, कमानेस्थित स्मृति टोलमा गत ११ चैतमा घरबाट आउँदै गरेको अवस्थामा यादवले २४ वर्षीया अनिशा राईलाई छुरा प्रहार गरेका थिए । अनिशालाई छुरा प्रहार गरी फरार यादव...
ललितपुरको अक्सिजन प्लान्टमा विस्फोट, एक जनाको मृत्यु, ६ जना घाइते
काठमाडौँ । ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको ग्यास प्लान्टमा विस्फोट हुँदा त्यहाँ कार्यरत श्रमिक वृज महतोको मृत्यु भएको छ । उनी भारतीय नागरिक रहेको ललितपुर प्रहरी परिसरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । शाहका अनुसार विस्फोटमा अन्य ६...
सशस्त्र प्रहरीका ३७ जना डीएसपीमा बढुवा सिफारिस (नामावलीसहित)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ३७ जना सशस्त्र प्रहरी निरीक्षक सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिका सदस्य सचिव तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले बुधवार सूचना प्रकाशित गर्दै बढुवा सिफारिसबारे जानकारी दिएका छन् । सशस्त्रको साधारण समूहतर्फ ३१ जना...
प्रदर्शनकारीको आक्रमणमा ११ जना प्रहरी घाइते
सिन्धुली । अवरुद्ध बीपी राजमार्ग खुलाउन गएका प्रहरीमाथि बन्दकर्ताहरुले ढुंगामुढा प्रहार गरेका छन् । बन्दकर्ताहरुको आक्रमणमा परी ११ प्रहरी घाइतेसमेत भएका छन्। प्रहरी र बन्दकर्ताबीचको बुधबार भएको दोहोरो झडपले बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ पीपलभन्ज्याङ तनावग्रस्त बनेको थियो । घाइते प्रहरीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको...










