हेटौंडाको दिव्य बाल उद्यानमा रहेको मदनआश्रितको सालिक तोडफोड

अखबार हब
२०७९ बैशाख ९, शुक्रबार १०:१८

मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नम्बर – ९ स्थित निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात ब्याक्तिहरुले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको प्रतिमा तोडफोड गरेका हुन् ।

आज बिहान पार्कमा मर्निङ वाक गर्न आएका स्थानियले शालिक टोडिएको देखेपछी पार्क व्यवस्थापन समितिलाई जानकारी गराएका थिए । समितिले प्रहरीलाई जानकारी गराउँदै अहिले ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अबिनाश अधिकारीसहितको टोलीको घटनाको अनुगमन सुरु गरिसकेको छ ।

आसन्न स्थानिय निर्वाचन नजिकिँदै गर्दा यस किसिमको घटनाले नियोजित रुपमा राजनीतिक पुर्वाग्रह राखेर नै तोडफोड गरिएको हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले आरोप लगाएका छन् ।

पार्कमा अन्य कुनै संरचनालाई क्षती नगरी मात्र मदन–आश्रित को मात्र प्रतिमा तोडिनुले वडाको गौरवको योजनाको रुपमा रहेको पार्क निर्माणको लक्ष्यमा ठेस पुगेको उनको भनाई छ ।

जीवराज आश्रितको प्रतिमा पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाचेर लगभग ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ ।

गत असार १४ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबाट मदन–आश्रितको अर्धकदको प्रतिमा अनावरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*