ललितपुरको अक्सिजन प्लान्टमा विस्फोट, एक जनाको मृत्यु, ६ जना घाइते

अखबार हब
२०७९ बैशाख ८, बिहीबार ११:३३

काठमाडौँ । ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको ग्यास प्लान्टमा विस्फोट हुँदा त्यहाँ कार्यरत श्रमिक वृज महतोको मृत्यु भएको छ ।

उनी भारतीय नागरिक रहेको ललितपुर प्रहरी परिसरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । शाहका अनुसार विस्फोटमा अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ ।

ग्यास भर्ने क्रममा प्राविधिक कमजोरीका कारण विस्फोट भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*