समाचार

हेटौंडामा जोगीको भेषमा दिनेश बाबाको ठगी धन्दा

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ का दिनेश केसी उर्फ ‘दिनेश बाबा’ले मिटर ब्याजको धन्दामा फसेका करिब दर्जन बढी पीडित एकजुट भएका छन् । जोगीको भेषमा आफूलाई धार्मिक सन्त बताउँदै हिँड्ने केसीले भारतीय मूलका नागरिक र नेपाली गरिब तथा विपन्नलाई ऋण दिँदै वास्तविक रकमभन्दा बढीको तमसुक बनाएर अदालतमा मुद्दा दायर...

६६ करोड रुपैयाँ बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ३ जना पक्राउ

काठमाडौं । प्रतिबन्धित डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको अभियोगमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा विर्तामोड घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भइ क्षेत्रपाटी बस्ने दिपेश थापा र बाफलका राहुल चचान छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई विशेष...

विमानस्थलबाट सुन, मोबाइल र ल्यापटपसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४० ग्राम सुन, मोबाइल र ल्‍यापटपसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलारी गाउँपालिका–८ घर भएका भागदेव कठरिया थारु रहेका छन् । जजिरन एयरको विमानबाट दुबइबाट कुवेत हुँदै काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो...

हेटौंडाको गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धको मूर्ति अनावरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१८ स्थित गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धको मूर्ति अनावरण गरिएको छ । बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलले एक समारोहकावीच मूर्ति अनावरण गरेका हुन् । सम्पूर्णकुमार लामाको अध्यक्षतामा मूर्ति अनावरण भएको थियो । एक करोड ४४ लाखको लागतमा बोधी चैत्य बौद्ध स्तुपा मूर्ति निर्माण गरी अनावरण गरिएको हो...

जनता मावि प्रकरण : यौन दुर्व्यवहार आरोपित शिक्षक प्रहरी नियन्त्रणमा

मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका ८ मा रहेको जनता माद्यामिक विद्यालयका आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा नियन्त्रणमा लिएको हो । आरोपित लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकलाई शुक्रबार इलाका प्रहरी कार्यालय फापरबारीले नियन्त्रणमा लिएको हो । विद्यालयमा लामो...

खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा मोक्तान

मकवानपुर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरको जिल्ला अधिवेशन हेटौँडामा सम्पन्न भएको छ । अधिवेशनले सबिन मोक्तानको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको छ । कमिटि उपाध्यक्षमा बिक्रम लामिछाने,रुपा ढुंगाना सचीवमा संगीत श्रेष्ठ, सहसचिव रोशन ठकुरी र आशिष थापा मगर र कोषाध्यक्ष केदार थिङ चयन भएका...

हेटौंडाको एक मासु पसलमा आगलागी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं.८ कर्रा स्थित एक मासु पसलमा आगोलागी भएको छ । आगोलागीबाट टहराहरु, लत्ताकपडा र कुखुरा गरी ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगोलागी विहान ११ : ३० बजेको समयमा भएको थियो । आगोलागीबाट मनविय क्षती भने भएको छैन...

निर्वाचन रोकिन सक्ने प्रमुख निर्वाचन आयुक्तको आशंका

जनकपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले आगामी ३० बैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचन रोकिन सक्ने आशंका पुनः व्यक्त गरेका छन । जनकपुरमा आयोजित निर्वाचनसबन्धी मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले तोकिएको मितिमा निर्वाचन रोकिने आशंका व्क्त गर्दै माहौल बनाउन मिडियाले भूमिका खेल्नु पर्ने...

चाँदीको गहना र मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ

बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका विभिन्न गहना र मोटरसाइकलसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिन बहादुर ठाडाको कमान्डमा गएको टोलीले स्थानीय पचरौता नगरपालिका– ६ पकडियामा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो । पक्राउ...

उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसको २ लाख ७५ हजार पुरस्कार

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ । कांग्रेसले उत्कृष्ट अडियो–भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो । कांग्रेस स्थानीय निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गतको सांस्कृति समन्वय उपसमितिले उत्कृष्ट अडियो–भिडियो निर्माण गरेर त्यसको लिंक उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन सकिने जनाएको...