समाचार

समृद्ध मुलुकबाट मात्र मानव अधिकार सुनिश्चित हुन्छः सभामुख श्रेष्ठ

मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले समृद्ध मुलुकबाट मात्रै मानव अधिकारका विषयहरु सुनिश्चित हुने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले आज हेटौंडामा आयोजना गरेको मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना प्रदेशस्तरीय कार्यक्रममा सभामुख श्रेष्ठले देशको आर्थिक स्थितिले मानव अधिकारको अवस्था दर्शाउने बताउँदै जनताले संविधान...

दुर्घटनामा घाइते भएका १२ जनाको कर्णाली स्वास्थ्य प्रतिष्ठानमा उपचार हुँदै

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-२ बाबिरामा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी जिपका सवार १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे१ज १२२० नम्बरको जिप दुर्घटना भएको बताएका छन् । घाइते हुनेमा हिमा गाउँपालिका-४ की...

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चार महिनाकी छोरीको मृत्यु, बुबा र आमा घाइते

काठमाडौं । भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् । मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बागमती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते...

मकवानपुरका १९ वटा मतदान स्थल अतिसंवेदनशील

मकवानपुर । मकवानपुरका १९ वटा मतदान स्थलहरु अतिसंवेदनशील अवस्थामा रहेका छन् । सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ वटा मतदान स्थलहरुमध्ये १९ वटा अतिसंवेदनशील अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाका ६० वटा मतदान स्थलहरु संवेदनशील र बाँकी ८६ वटा कम संवेदनशील (सामान्य) अवस्थामा रहेका छन् ।...

सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । अर्थतन्त्रको संकट टार्न मन्त्रालयले सरकारी कार्यालमा हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । अर्थ मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले सार्वजनिक विदाको दिन...

प्रेस काउन्सिलले सञ्चार माध्यममा निर्वाचन आचारसंहितको अनुगमन गर्ने

काठमाडौं । प्रेस काउन्सिलले सञ्चार माध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्ने भएको छ । आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्न प्रेस काउन्सि र निर्वाचन आयोगबीच आइतबार सम्झौता भएको हो । सम्झौता अनुसार काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारहरूले निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको...

बागमती प्रदेश सरकारबिरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको भन्दै बागमती प्रदेश सरकारबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडामा उजुरी परेको छ । बागमती प्रदेश सरकारले विनीयोजन बिधेयक विपरित २२ सय ९९ वटा योजनामा बजेट रकमान्तर गरेको थियो । बागमती प्रदेशको मन्त्रीपरिषदको २०७८ फागुन ६ गतेको...

मेलम्चीको पानी भोलि सुरूङमा खसालिने, काठमाडौं आइपुग्न केही दिन लाग्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी भोलि सुरूङमा खसालिने भएको छ । गत २ असारमा आएको बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजना मर्मत सम्भारपछि सुरूङमा पानी खसाल्न लागेको हो । बाढीले क्षतिग्रस्त मेलम्चीको मुहान मर्मत सम्भार सकिएको छ । योसँगै पानी खसालिन लागेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव...

कारले ठक्कर दिँदा नेपालगञ्जमा तीन पैदल यात्रीको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जमा कारले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ । बिपी चोक नजिकै सडकमा हिडिँरहेकालाई कारले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको हो । कारको ठक्करले नेपालगञ्ज उपमहानगरपालिका–११ की ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र पाँच वर्षकै अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका...

मालपोत कार्यालयका निमित प्रमुख ५ लाख घुससहित पक्राउ

जनकपुरधाम । मालपोत कार्यालय धनुषाका निमित प्रमुख सुनिलकुमार झा ५ लाख घुससहित पक्राउ परेका छन्। जनकपुरधामको भानुचौकस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले झालाई नियन्त्रणमा लिएको हो। जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि झाले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ।