समाचार
नौ कन्याको पूजासँगै सकियो पाथीभरा कोटिहोम महायज्ञ
मकवानपुर । हेटौंडाको पाथीभरा मन्दिरमा एक महिनादेखि जारी रहेको ‘बृहत पाथीभरा महोत्सव एवं कोटिहोम महायज्ञ’मा आज समापन गरिएको छ । पाथीभरा मन्दिर संरक्षण समिति अनुसार एक महिने कोटिहोम आज नौ कन्याको पूजा गर्दै समापन गरिएको हो । राष्ट्र शान्ती र धार्मीक पर्यटकीय स्थलको रुपमा प्रवद्धनको लागि गएको फागुन २६...
चट्याङ्ग लागेर राक्सिराङमा एक महिलाको मृत्यु
मकवानपुर । राक्सिराङ गाउँपालिका वडा नम्बर १ स्थित गडुवानमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो अन्दाजी ४ः३० बजे आफ्नै घरमा चट्याङ्ग लागेर घाइते भएकी ४२ वर्षकी सुमित्रा हिम्डुङ्गको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै, चट्याङ्गमा परेर घाइते भएका बीरबहादुर हिम्डुङ्गको भने अवस्था...
मनहरीबाट ३५ किलो गाँजासहित पाँच जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए...
हेटौंडामा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
मकवानपुर । मोटरसाइकल धुने क्रममा करेन्ट लागेर हेटौंडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का ३५ वर्षीय सहदेव गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए । गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हेटौंडा१३ पदमपोखरी स्थित शिवशक्ति...
काभ्रेको घिमिरे गाउँमा विस्फोट, एक गम्भीर घाइते
काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । उनको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन । घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । घटनास्थल क्षेत्रमा नेपाली...
हेटौंडा अटोमोबाइल्सको अध्यक्षमा दामोदर अटल
मकवानपुर । हेटौंडा अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा दामोदर प्रसाद अटल चयन भएका छन् । शनिबार एसोसिएसनका अध्यक्ष सागर सापकोटाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता सम्पन्न २१ औं साधारणसभा तथा १० औं अधिवेशनले अटलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनमा वरिष्ठ उपाध्यक्ष ऋषि कुमार ढकाल,...
गाउँपालिका अध्यक्षको घरमा माओवादी र समाजवादीका कार्यकर्ताले गरे आक्रमण
सुर्खेत । नेकपा एमालेका केन्द्रीय सदस्य तथा हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा माओवादी र समाजवादी कार्यकर्ताले घेरा हालेर आज आक्रमण गरेका छन् । आफ्नो र छिमेकीको घरमा समेत ढुंगामुढा गरिएको फडेराले बताए । आज दिउँसो साढे बाह्र बजेदेखि करिब एक घण्टा आक्रमण भएको थियो । ढुंगामुढा हुँदा...
प्रचण्ड भन्छन्–‘गौतमवुद्ध क्रिकेट रंगशाला निर्माण छिट्टै सुरु हुन्छ’
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण छिट्टै अघि बढाउने बताएका छन् । शनिबार चितवनमा प्रज्ञा स्मृति प्रतिष्ठानले आयोजना गरेको भरतपुर साइक्लिङ म्याराथनको समापन गर्दै उनले क्रिकेट रंगशालाको बाँकी काम पूरा गर्ने सहमति भई प्रक्रिया अघि बढेको बताएका हुन् । उनले...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले आगामी आइतबार रामनवमी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने...
हेटौंडाको पाथीभरा मन्दिरमा विशेष पूजा
मकवानपुर । हेटौंडाको पाथीभरा मन्दिरमा भईरहेको कोटिहोम महायज्ञमा श्रद्धालुभक्तजनहरुको भीड लागेको छ । पछिल्लो एक महिनादेखि भईरहेको बृहत ‘पाथीभरा महोत्सव एवं कोटिहोम महायज्ञ’ मा आज विशेष पूजा भएको हो । एक महिने कोटीहोम महायज्ञमा आज बिहान विभिन्न झाकी प्रदर्शन भएको थियो । मन्दिर परिसरमा बागमती प्रदेश प्रहरी कार्यलय,हेटौंडाले ३०...










