नौ कन्याको पूजासँगै सकियो पाथीभरा कोटिहोम महायज्ञ

अखबार हब
२०७८ चैत्र २७, आईतवार २२:११

मकवानपुर । हेटौंडाको पाथीभरा मन्दिरमा एक महिनादेखि जारी रहेको ‘बृहत पाथीभरा महोत्सव एवं कोटिहोम महायज्ञ’मा आज समापन गरिएको छ ।

पाथीभरा मन्दिर संरक्षण समिति अनुसार एक महिने कोटिहोम आज नौ कन्याको पूजा गर्दै समापन गरिएको हो ।

राष्ट्र शान्ती र धार्मीक पर्यटकीय स्थलको रुपमा प्रवद्धनको लागि गएको फागुन २६ गते अष्टमीबाट कोटिहोमको सुरु भएको थियो । महायज्ञमा देशको विभिन्न मन्दिरहरुबाट गुरुहरुको सहभागिता रहेको छ ।

कोटिहोमले शान्ति, मानव कल्याण,सुस्वास्थ्य तथा पितृ उद्धार हुने र पृथ्वीमा बसोवास गर्ने सवै प्रकारका प्राणीहरुका लागि वातावरण स्वस्थ हुने पनि विश्वास रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*