हेटौंडाको पाथीभरा मन्दिरमा विशेष पूजा

अखबार हब
२०७८ चैत्र २६, शनिबार १३:३५

मकवानपुर । हेटौंडाको पाथीभरा मन्दिरमा भईरहेको कोटिहोम महायज्ञमा श्रद्धालुभक्तजनहरुको भीड लागेको छ । पछिल्लो एक महिनादेखि भईरहेको बृहत ‘पाथीभरा महोत्सव एवं कोटिहोम महायज्ञ’ मा आज विशेष पूजा भएको हो ।

एक महिने कोटीहोम महायज्ञमा आज बिहान विभिन्न झाकी प्रदर्शन भएको थियो । मन्दिर परिसरमा बागमती प्रदेश प्रहरी कार्यलय,हेटौंडाले ३० तोपको सलामी पनि दिएको थियो ।

पाथीभरा मन्दिर संरक्षण समिति अनुसार एक महिने कोटीमा आज लाख बत्ति बाल्ने कार्यक्रम रहेको र भोलि समापन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्र शान्ती र धार्मीक पर्यटकीय स्थलको रुपमा प्रवद्धनको लागि गएको फागुन २६ गते अष्टमीबाट कोटीहोमको सुरु भएको थियो । महायज्ञमा देशको विभिन्न मन्दिरहरुबाट गुरुहरुको सहभागिता रहेको छ ।

कोटिहोमले शान्ति, मानव कल्याण,सुस्वास्थ्य तथा पितृ उद्धार हुने र पृथ्वीमा बसोवास गर्ने सवै प्रकारका प्राणीहरुका लागि वातावरण स्वस्थ हुने पनि विश्वास रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*