समाचार

टर्च बालेर विरामीको उपचार

सुर्खेत । डोल्पाको जिल्ला अस्पतालमा आउने बिरामीहरुले प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन् । अस्पतालसँग ४० केभीएको जेनेरेटर छ तर जेनेरेजटर चलाउने बजेट अस्पतालसँग छैन । विद्युत भार थाम्न नसक्ने भन्दै नेपाल विद्युत प्राविकरणले अस्पतालमा आउले लाइन लोडसेडिङको सूचीमा राखेको छ । १६ घण्टा सम्मा लोडसेडिङक हुँदा अस्पतालको...

काठमाडौंका सडकबाट ५५ बालबालिकाको उद्दार

काठमाडौं । काठमाडौं उपत्यकाबाट ५५ जना सडक बालबालिकाको उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले उनीहरुको उद्दार गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले नगर प्रहरी कार्यालय तथा प्रहरी बृत्तहरुबाट संयुक्त रुपमा प्रहरी परिचालन गरी सडक...

चितुवाको छालासहित गुर्जुधाराबाट ३ जना पक्राउ

काठमाडौं । प्रहरीले दुर्लभ वन्‍यजन्तु चितुवाको छालासहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं ‍गुर्जुधारा बस्‍ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुरको थाहा नगरपालिका–१२ बस्‍ने २४ वर्षीय बालदेन वाइबा र साकेला गाउँपालिका–३ बस्‍ने ४६ वर्षीय दिलबहादुर तामाङ छन् । विशेष सूचनाको आधारमा उनीहरुलाई काठमाडौंको गुर्जुधाराबाट महानगरी प्रहरी परिसरको टोलीले...

नवौँ पटक जिब्रो छेडाउदै बुद्धकृष्ण श्रेष्ठ

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाउने भएका छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही...

घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्‌घाटन गर्ने

लमजुङ । लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ स्थित स्मार्टभिलेज घलेगाउँलाई आज सुखी गाउँ घोषणा गरिने भएको छ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय...

अध्यादेशबाट बागमतीको अधिकार कटौती,उपत्यकाको शान्तिसुरक्षा सिधै केन्द्रमातहत

काठमाडौँ । संघीय व्यवस्थाअनुसार प्रदेश प्रहरी गठन गर्नुको सट्टा सरकारले संविधानले प्रदेशलाई दिएको अधिकार पनि कटौती गरेको छ । शान्तिसुरक्षाको जिम्मा प्रदेश प्रहरीको हुने संवैधानिक व्यवस्थाविपरीत काठमाडौं, ललितपुर र भक्तपुरको जिम्मा सिधै केन्द्रको हुने गरी सरकारले अध्यादेश ल्याएको छ । संविधानको धारा ५६ को दफा ३ अन्तर्गत अनुसूची ४ मा प्रदेशभित्रको...

बारामा जिप दुर्घटना, एक जनाको मृत्यु १२ जना घाइते

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ आधाभार जंगलमा बिहीबार बिहान जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाई रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु...

एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

नेपाली फुटबलको सर्बोच्च निकाय अखिल नेपाल फुटबल संघ(एन्फा) को आधिकारिक फेसबुक पेज ‘ह्याक’ भएको छ । बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ । पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो...

प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौँठो फूल

उदयपुर । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला र ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने । त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या हजारौ हजार हुन्छन् । इसाको छैटौँ,...

ओखलढुंगामा जिप दुर्घटना : दुई जनाको मृत्यु,७ घाइते

ओखलढुंगा । मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा बुधबार जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश १ स्थित विराटनगर...