समाचार
नयाँ वर्षदेखि लागू हुनेगरी बागमती प्रदेशमा बढ्यो गाडी भाडा
मकवानपुर । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यका सहित प्रदेशभर चल्ने सार्वजनिक यातायातका साधनको भाडा बढाएको छ। बागमतीको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले १ वैशाखदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाएको हो। २४ चैतको मन्त्रीस्तरीय निर्णयबाट गाडी भाडा वृद्धि गरिएको मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले काठमाडौं उपत्यकामा...
आज चैते दसैं मनाइँदै
काठमाडौं । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं ।देवीको पूजा र उपासना गर्दै मनाइँदै छ। असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ । पुराना कथन...
आफ्नो अक्षमताको ढाकछोप गर्न सरकारले गर्यो राष्ट्र बैंकका गभर्नर निलम्बन
काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बिना कुनै प्रक्रिया निलम्बन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सुरुदेखि नै अधिकारीप्रति नकारात्मक धारणा राख्दै आएका थिए । मुलुकलाई आर्थिक संकटबाट रोक्न पटक पटक लिखित र मौखिक सुझाव दिँदै आएका अधिकारीलाई अर्थ मन्त्रालयले निलम्बनको पत्र थमाएर डेपुटी गभर्नर निलम ढुंगानालाई...
मकवानपुरमा मनहरीबाट सुरु भयो टाइफाइड विरूद्धको खोप अभियान
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी बाट टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । खोप अभियान जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ५ स्थित भोजसिद्ध माध्यामिक विद्यालयबाट सुरु भएको हो । मकवानपुरको विद्यालयहरुमा आजबाट बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउने अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रि विरोध खतिवडाले जिल्लाभर सुरु...
बतास समूहद्वारा सरकारी टोलीलाई पशुपति धर्मशालाभित्र प्रवेश गर्न रोक
काठमाडौं । पशुपति धर्मशालामा होटल सन्चालन गरेको बतास समूहले सरकारी टोलीलाई गेटमै रोकेको छ । सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका छन् । त्यसपछि सरकारी टोली गेट बाहिरै रोकिए । गेटभित्र प्रवेश गर्न खोज्ने र रोक्ने दुवै पक्षबिच गेटमा केहीबेर भनाभन भएको छ...
मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेशविरुद्ध मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र
मकवानपुर । सम्बद्ध मकवानपुरका जनवर्गीय संगठनहरुले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको विरुद्ध बागमती प्रदेश सरकारले अध्यादेश ल्याउने निर्णय गरेको भन्दै मुख्यमन्त्री कार्यालयका निमित्त प्रमुख सचिव स्किम श्रेष्ठमार्फत मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मुख्यमन्त्री पाण्डे कार्यालयमा उपस्थित नहुनुभएपछि निमित्त प्रमुख सचिवमार्फत ध्यानाकर्षण पत्र बुझाइउको हो...
मन्त्रिपरिषदले गरेका २३ निर्णय पढ्नुहोस्
काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदका निर्णय पढ्नुहोस् : हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा श्री वसन्तकुमार पाण्डेलाई नियुक्ति गर्ने । बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धी नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७५/६/५...
कैलालीमा मोटरसाइकल ठोक्किदा दुई जना चालकको मृत्यु
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा बिहीबार राति दुइओटा मोटरसाइकल ठोक्किदा दुवैजना चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । सुदुरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७ ३० नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते...
टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संगीता पहाडी, बुद्धि आचार्य र पौडेलको नाम सिफारिस गरेको थियो ।
सरकार फेरबदलमै अल्झिएको बागमती प्रदेश सरकार…..
मकवानपुर । संस्थागत सुदृढीकरण र सुशासनको अभाव, कर्मचारी र बजेट परिचालनमा देखिएको समस्याले बागमती प्रदेश सरकार लथालिंग बनेको छ। सरकार बनेको ४ वर्ष बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। बागमती प्रदेशभित्रै संघीय राजधानी र सरकारसमेत रहेकाले यस सरकारप्रति नमुना काम गर्ने जनअपेक्षा थियो। तर, सरकार स्थापना भएको...










