मकवानपुरमा मनहरीबाट सुरु भयो टाइफाइड विरूद्धको खोप अभियान

अखबार हब
२०७८ चैत्र २५, शुक्रबार १७:४३

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी बाट टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । खोप अभियान जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ५ स्थित भोजसिद्ध माध्यामिक विद्यालयबाट सुरु भएको हो ।

मकवानपुरको विद्यालयहरुमा आजबाट बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउने अभियान सुरु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रि विरोध खतिवडाले जिल्लाभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गरे । जन्मिएको १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने उनले बताए । नेपालमा वर्षेनी ४ लाख ५० हजार बालबालिकामा टाइफाइड देखिने गरेको छ । अरु उमेर समूहभन्दा दश गुणाबढी बालबालिकालाई यो रोग सर्ने गरेको छ । हेटौंडाका बिद्यालयसहित ३ सय ३५ वटा खोप केन्द्र मार्फत् खोप लगाइने भएको छ ।

खोप विद्यालयबाट ८० प्रतिशत बालबालिकालाई लगाइने लक्ष्य लिइएको छ । बाँकी सामुदायिक स्वास्थ्य कार्यालयबाट लगाइनेछ ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे,मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती,स्वास्थ्यकर्मीहरु लगाएतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*