समाचार

जनता माविका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले गरे तोडफोड

मकवानपुर । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ मा रहेको जनता माध्यमिक विद्यालय फापरबारीका शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा तोडफोडका साथै तालाबन्दी गरिएको छ । विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीन जना शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप लगाउँदै विरोध जनाएका हुन् ।...

यस्तो छ भक्तपुरको विस्का जात्राको शान्ति सुरक्षाको तयारी

भक्तपुर । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरको विस्का जात्राका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था छुटै ढंगले गर्ने योजना रहेको अवगत गराएकी छन् । भैरवनाथको रथ तान्ने र लिंगो उठाउने स्थानहरुमा अनावश्यक हुल हुज्जत हुन नदिन जिल्ला प्रशासन कार्यालयले विशेष व्यवस्था गरेको उनले बताएकी छिन् । भक्तपुर नगरपालिकाका...

१ लाख रुपैयाँ घुससहित मालपोतका सर्भेक्षक र अमिन पक्राउ

काठमाडौं । नापी कार्यालय चाबहिल अन्तर्गत बूढानीलण्ठमा कार्यरत दुई जना १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । चाबहिलको १ नं। नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाशराज भट्ट एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सर्भेक्षक के.सी. र अमिन...

बागमती प्रदेश उच्च शिक्षा ऐन कार्यान्वयनमा

मकवानपुर । बागमती प्रदेशको प्रदेश उच्च शिक्षा ऐन, २०७८ कार्यान्वयन प्रक्रिया अघि बढेको छ । प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ जारी भएसँगै कार्यान्वयन प्रक्रिया अघि बढाएको हो । संसदबाट पारित भएको ऐनलाई १४ चैतमा जारी गरेको प्रदेश सरकारले यसको कार्यान्वयन प्रक्रिया पनि अघि बढाएको छ । ऐन...

महिला जागरणको मखमलको जुत्ता/चप्पल बनाउने तालिम

मकवानपुर । महिला जागरण समुहको आयोजमा महिलालाई मखमलको जुत्ता/चप्पल बनाउने तालिमको सुरुवात गरिएको छ । सोमबार हेटौंडा उपमहानगरपालिका–९ का ११ जना महिलालाई मखमलको जुत्ता/चप्पल बनाउने ७ दिने तालिम सोमबारबाट सुरु गरिएको हो । ९ नम्वरका वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा समुहको अध्यक्ष लक्ष्मी धमलाको सभाध्यक्षतामा तालिमको...

हेटौंडा – ९ का ३ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

मकवानपुर । हेटौंडा – ९ का करिब तीन हजार भन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । देशव्यापी रुपमा सुरु भएको टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम हेटौंडा –९ बाट २५ चैतदेखि सुरु गरिने भएको हो । वडाका करिब ३ हजार ३ सय बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको लामसुरे शहरी...

९० किलो गाँजासहित एक भारतीय नागरिक मकवानपुर प्रहरीको नियन्त्रणमा

मकवानपुर । मकवानपुर प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्‍चिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्‍याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला...

हेटौंडाका विद्यालयहरुमा अध्यापन गराउँदै आएका १४ जना शिक्षकलाई स्वर्णिम अवकाश दिइँदै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुका लागि ल्याइएको अवकास योजनाको कार्यबिधि अनुसार १४ जना शिक्षकलाई स्वर्णिम अवकास दिइने भएको छ । शिक्षकहरुले दिएको निवेदनका आधारमा प्राथमिकताका साथ स्वर्णिम अवकास योजनाबाट बिदाई गर्न लागिएको मेयर हरिबहादुर महतले बताए। उनीहरुले दिएको निवेदनका आधारमा बढीमा पाँच लाख रुपैयाँसम्म...

चिकित्सा शिक्षा आयोगको परीक्षामा नक्कली परीक्षार्थी : भारतदेखि खेताला, १८ लाखसम्म शुल्क

काठमाडौं । एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बन्नेहरू किस्ट कलेजका विद्यार्थीदेखि भारतीय नागरिकसम्म रहेको खुलेको छ। लामो निगरानी र सुक्ष्म अनुसन्धान पछि अपरेसन ‘इको’नाम दिएर महानगरीय प्रहरी अपराध महाशाखाले गरेको अपरेसनमा नक्कली परीक्षार्थी बनेकाहरुमध्ये तीन जना किस्ट कलेजका विद्यार्थी रहेको खुलेको छ। चैत...

मकवानपुरमा एक हजार ९ सयले दिए म्यादी प्रहरीको परीक्षा

मकवानपुर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि मकवानपुरमा म्यादी प्रहरी छनौट प्रक्रिया सुरु भएको छ । आइतबार एक हजार ९ सय जनाले म्यादी प्रहरीका लागि लिखित परीक्षा दिएका छन् । हेटौंडा–११ थानाभर्‍र्‍यास्थित दंगा प्रहरी गणको मैदानमा बसेर म्यादी प्रहरीहरुले परीक्षा दिएका हुन् । लिखित...