समाचार
फेरि बढ्यो गाडी भाडा, कुन रुटमा कति ? (सूचीसहित)
काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबाहक सवारी साधनमा भने भाडा १० प्रतिशतले बढाएको छ । पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत...
प्रधानन्त्रीज्यू, दिल्लीको नेपाली दूतावासमा ‘चुच्चे नक्सा’ झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ? – ओली
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किने कि त्यसै फर्किने भनेर प्रश्न गरेका छन् । एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू, भारत भ्रमणबाट दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै...
प्रधानमन्त्री देउवा बनारसमा, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारस पुगेका छन् । एयर इण्डियाको जहाजमार्फत् बनारस पुगेका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे । बनारसमा मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री देउवाले त्यहाँका मन्दिरहरुमा दर्शन गर्ने र नेपाली धर्मशालामा जाने...
माधव नेपालसहित १४ सांसद विरुद्धको मुद्दामा आज सुनुवाइ
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ गर्दैछ । एमालेबाट अलग हुनु अघि नै नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी ओलीले...
डँढेलो रोक्न न्युरेनी चिसापानी सामुदायिक वनको अग्निरेखा
मकवानपुर । सुख्खायाम सुरु भएसँगै वन क्षेत्रमा डँढेलो लाग्ने सम्भावना बढेको छ । हावाहुरी धेरै चल्दा वनमा डँढेलो लाग्ने गरेको छ । वनलाई डँढेलोबाट जोगाउन हेटौंडा–७ को न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरु अग्नि रेखा बनाउन जुटेका छन् । छिमेकी वनमा डँढेलो लागेमा आफ्नो वनमा आउन नदिन उनीहरु...
पाँच वर्षभित्र मकवानपुरमा ६७ हजार मतदाता थपिए
मकवानपुर । आगामी वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनका लागि तयारी तीव्र पारिएको छ । निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ । निर्वाचन आयोगले केही दिनअघि मात्रै २९ बैसाख २०७९ सम्ममा १८ वर्ष पूरा भएका नागरिकलाई समावेश गरेर मतदाताको नामावली सार्वजनिक गरेको छ ।...
पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता (सहमतिपत्र)
काठमाडौँ । पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरेका छन् । चैत ६ गतेदेखि ग्यासको पिडिओ खरिद बन्द गर्नेदेखि इन्धन लोडअनलोड बन्द गरेका उनीहरुले आयल निगमसँग शनिबार चार बुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएका हुन् । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार व्यवसायीको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्नेगरी...
सहकारी दिवसको अवसरमा हेटौंडा अस्पतालका बिरामीलाई फलफूल
मकवानपुर । राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौंडा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ ६५ औं सहकारी दिवसका क्रममा शनिबार हेटौंडमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल)मा उपचाररत बिरामीहरुलाई फलफूल बितरण गरिएको हो । राष्ट्रिय सहकारी दिवस मूल समारोह...
कमिसन नबढाएको भन्दै हेटौंडाका पेट्रोलियम बिक्रेता आन्दोलित,मारमा उपभोक्ता
मकवानपुर । हेटौंडामा पेट्रोलियम पदार्थ अभाव भएपछि उपभोक्ता मारमा परेका छन् । आज बिहानैबाट हेटौंडाको पेट्रोल पम्पहरुमा सवारीमा तेल हाल्नेहरुको चाप बढेको छ । तर अधिकांश पम्पहरुमा भने प्रेटोलियम पर्दाथ सटेज गरिएको छ । सरकारले पेट्रोलियम बिक्रेतालाई कमिसन नथप्ने निर्णय गरेपछि नेपाल पेट्रोलियम डिलर एसोसिएसनले पेट्रोलियम पदार्थको बिक्री बन्द...
बिरामीको मृत्युपछि कैलालीको पदमा अस्पतालमा तोडफोड, अत्तरिया क्षेत्र तनावग्रस्त
धनगढी । कैलालीको अत्तरियामास्थित पदमा अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयले तोडफोड गरेका छन् । शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएका गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोद बोहराको उपचारका क्रममा शनिबार मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...









