बिरामीको मृत्युपछि कैलालीको पदमा अस्पतालमा तोडफोड, अत्तरिया क्षेत्र तनावग्रस्त

अखबार हब
२०७८ चैत्र १९, शनिबार १३:०६

धनगढी । कैलालीको अत्तरियामास्थित पदमा अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयले तोडफोड गरेका छन् ।

शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएका गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोद बोहराको उपचारका क्रममा शनिबार मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेपछि अस्पताल भवनका सिसा फुटेको, एम्बुलेन्स र भ्यानमासमेत क्षति पुगेको जानकारी दिए ।

स्थानीयले चिकित्सकको लापरबाहीले होहराको मृत्यु भएको भन्दै अत्तरिया चोकमा टायर बालेर प्रदर्शनसमेत गरेका छन् । यातायात सेवा पनि अवद्ध भएको छ ।

प्रहरी नायब उपरीक्षक जोशीले अस्पतालमा थप क्षति हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै पीडित पक्ष र अस्पतालबीच वार्ताको प्रयास भइरहेको बताए ।

स्थानीयले भने चिकित्सकले लापरबाहीका कारण मृत्यु भएको भन्दै कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*