पाँच वर्षभित्र मकवानपुरमा ६७ हजार मतदाता थपिए
मकवानपुर । आगामी वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनका लागि तयारी तीव्र पारिएको छ । निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ ।
निर्वाचन आयोगले केही दिनअघि मात्रै २९ बैसाख २०७९ सम्ममा १८ वर्ष पूरा भएका नागरिकलाई समावेश गरेर मतदाताको नामावली सार्वजनिक गरेको छ । मकवानपुरमा बितेको पाँच वर्षभित्र उल्लेख्य संख्यामा मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार २०७४ सालको स्थनीय तह निर्वाचनपछि मकवानपुरमा ६७ हजार १ सय ६० जना मतदाता थपिएका हुन् । स्थानीय तह निर्वाचन २०७४ मा मकवानपुरको मतदाताको संख्या दुई लाख २७ हजार ७ सय ५९ थियो । आसन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ९४ हजार ९ सय १९ जनाले मत हाल्न पाउने भएका छन् ।
जसमध्ये एक लाख ४९ हजार ९ सय ५४ जना पुरुष, एक लाख ४४ हजार ९ सय ५९ जना महिला र अन्यमा ६ जना मतदाता रहेका छन् । सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकाको एक लाख ४ हजार ४ सय ७३ जना मतदाता छन् । जसमध्ये ५० हजार ७ सय २५ जना पुरुष र ५३ हजार ७ सय ४५ महिला र ३ जना अन्य रहेका छन् । सबैभन्दा कम मतदाता इन्द्रसरोबर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना छन् । जसमध्ये ६ हजार ४ सय ६५ जना पुरुष र ६ हजार ६ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ । थाहा नगरपालिकामा कुल ३२ हजार ३ सय ७ मतदातामध्ये १६ हजार ६ सय ९९ जना पुरुष र १५ हजार ६ सय ७ जना महिला र १ जना अन्य छन् ।
मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना मतदातामध्ये ९ हजार ८ सय ९९ जना पुरुष र ९ हजार २ सय १९ जना महिला रहेको आयोगले जनाएको छ । आयोगका अनुसार बकैया गाउँपालिकामा १५ हजार ५ सय ९३ जना पुरुष, १४ हजार ३ सय ४८ जना महिला र २ जना अन्य गरि कुल २९ हजार ९ सय ४३ जना मतदाता, बागमती गाउँपालिकामा ११ हजार १ सय ९० जना पुरुष र १० हजार ८ सय ५० महिला गरेर २२ हजार ४० मतदाता छन् ।
भीमफेदी गाउँपालिकामा ८ हजार ९ सय ३५ जना पुरुष र ८ हजार ४ सय ९३ जना महिला गरेर १७ हजार ४ सय २८ जना मतदाता छन् । मनहरी गाउँपालिकामा १३ हजार ७ सय ९ जना पुरुष र १३ हजार १२ जना महिला गरेर २६ हजार ७ सय २१ जना मतदाता छन् ।
राक्सिराङमा ८ हजार ७ सय ४७ जना पुरुष र ७ हजार ८५ जना महिला गरेर १५ हजार ८ ३२ जना, कैलाश गाउँपालिकामा ७ हजार ९ सय ९२ जना पुरुष र ६ हजार ५ सय ९४ जना महिला गरेर १४ हजार ५ सय ८६ जना मतदाता रहेको आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगका अनुसार मकवानपुरमा मतदान स्थलको संख्या १ सय ६५ र मतदात केन्द्रको संख्या ३ सय ५६ छ ।







