पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता (सहमतिपत्र)

अखबार हब
२०७८ चैत्र १९, शनिबार २२:५२

काठमाडौँ । पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरेका छन् । चैत ६ गतेदेखि ग्यासको पिडिओ खरिद बन्द गर्नेदेखि इन्धन लोडअनलोड बन्द गरेका उनीहरुले आयल निगमसँग शनिबार चार बुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएका हुन् ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार व्यवसायीको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्नेगरी सहमति भएको हो । पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी भाडा समायोजनसम्बन्धी मागको हकमा ७ दिनभित्र र इन्धनको कारोबारसम्बन्धी मागको सम्बन्धमा जेठ १५ सम्मको सक्नेगरी सहमति भयो,’ उनले भने, समहतिसँगै विरोधका कार्यक्रमहरु आजकै मितिबाट स्थगन गरी इन्धन कारोबार यथावत् राख्ने निर्णय भयो ।’

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स एशोसिएशन र पेट्रोलियम ढुवानी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । यातायात क्षेत्रमा जसरी इन्धन ढुवानीमा समेत वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएर आन्दोलन  गरिरहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*