मकवानपुरमा एक हजार ९ सयले दिए म्यादी प्रहरीको परीक्षा

अखबार हब
२०७८ चैत्र २०, आईतवार २२:०८

मकवानपुर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि मकवानपुरमा म्यादी प्रहरी छनौट प्रक्रिया सुरु भएको छ ।

आइतबार एक हजार ९ सय जनाले म्यादी प्रहरीका लागि लिखित परीक्षा दिएका छन् । हेटौंडा–११ थानाभर्‍र्‍यास्थित दंगा प्रहरी गणको मैदानमा बसेर म्यादी प्रहरीहरुले परीक्षा दिएका हुन् ।

लिखित परीक्षामा सफल भएकाहरुको अन्र्तवार्ताबाट एक हजार ३ सय २२ जना म्यादी प्रहरी छनौट हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मकवानपुरमा म्यादी प्रहरीका लागि ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका थिए । जसमध्ये एक हजार एक सय ४१ महिला र दुई हजार ५ सय ९६ जना पुरुषको आवेदन परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

आइतवार भएको लिखित परीक्षाको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नेत्र बहादुर कार्की, जनपथ प्रहरीका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, राष्ट्रिय अनुसन्धान हेटौंडा कार्यालयका अनुसन्धान उपनिर्देशक पप्पु शर्मा पौडेललगायतले अवलोकन गरेका थिए । म्यादी छनोटमा पूर्वप्रहरी, पूर्वसैनिकलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय फौजी संगठनमा काम गरेका व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*