हेटौंडाको एक मासु पसलमा आगलागी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं.८ कर्रा स्थित एक मासु पसलमा आगोलागी भएको छ । आगोलागीबाट टहराहरु, लत्ताकपडा र कुखुरा गरी ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आगोलागी विहान ११ : ३० बजेको समयमा भएको थियो । आगोलागीबाट मनविय क्षती भने भएको छैन । मासु पोल्नेक्रममा आगोलागी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आइसकेको प्रहरी जानकारी दिएको छ ।







