६६ करोड रुपैयाँ बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ३ जना पक्राउ

अखबार हब
२०७९ बैशाख ५, सोमबार १८:३७

काठमाडौं । प्रतिबन्धित डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको अभियोगमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा विर्तामोड घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भइ क्षेत्रपाटी बस्ने दिपेश थापा र बाफलका राहुल चचान छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट पक्राउ गरेको हो ।

कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार उनीहरुले हालसम्म ६६ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार गरेको देखिएको छ । पक्राउ परेकामाथि बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*