खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा मोक्तान

अखबार हब
२०७९ बैशाख ३, शनिबार २०:०२

मकवानपुर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरको जिल्ला अधिवेशन हेटौँडामा सम्पन्न भएको छ ।

अधिवेशनले सबिन मोक्तानको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको छ । कमिटि उपाध्यक्षमा बिक्रम लामिछाने,रुपा ढुंगाना सचीवमा संगीत श्रेष्ठ, सहसचिव रोशन ठकुरी र आशिष थापा मगर र कोषाध्यक्ष केदार थिङ चयन भएका छन् ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज रामेस्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सदस्य बलराम बल, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, खेलकुद महासङ स्थायी कमिटी सदस्य धरम बहादुर लामा,सचिबालय सदस्य दिपक न्यौपाने,सदस्यहरु बुद्धि डिम्डुङ,दिपक खड्का,चन्द्र शाही प्रदेश सचीव जनरल श्रेष्ठ,कोषाध्यक्ष इन्द्र सञ्जेल लगायत थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*