६ हजार थान अमेरिकी हतियार किन्दै नेपाली सेना

अखबार हब
२०७९ बैशाख ५, सोमबार १९:३३

काठमाडौँ । नेपाली सेनाले आधुनिक हतियार खरिद गर्न लागेको छ । हतियार खरिदका लागि अर्थ मन्त्रालयले सेनालाई २ अर्ब रुपैयाँ बजेट निकासा दिइसकेको छ ।

दुई चरणमा सेनाले ६ हजार थान अमेरिकी हतियार ल्याउन प्रक्रिया अघि बढाएको छ । सैनिक स्रोतका अनुसार सेनाले एम–१६ र एम–४ हतियार र पेस्तोल किन्ने निश्चित भएको छ ।

हतियार खरिदका लागि बजेट बिनियोजन भएको सैनिक प्रवक्ता सहायकरथी नारायण सिल्वालले बताए । तर, सैनिक प्रवक्ता सिल्वालले किन्न लागेको हतियारबारे औपचारिक रुपमा खुलाउन चाहेनन् । ‘कहाँबाट कुन र कति हतियार ल्याउने भनेर सुरक्षाको कारण बताउन सक्ने अवस्था छैन’ सहायकरथी सिल्वालले भने, ‘हतियार खरिद प्रक्रियामा छ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*