राक्सिराङ्गमा चट्याङ लागेर एक जना घाइते
मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ८ गोङरेङमा चट्याङ लागेर एक जना घाइते भएका छन् ।
आज साँझ परेको चट्याङका कारण स्थानीय जीतबहादुर गोले घाइते भएका हुन् ।
घाइते गोलेलाई उपचारको लागि मनहरी ल्याइएको राक्सिराङ–८ का वडा अध्यक्ष रामकृष्ण प्रजाले जानकारी दिए ।







