समाचार

सर्वोच्चद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बाटो खुला (पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालतले बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुला गरेको छ । सर्वोच्चले बुधबार जारी गरेको लिखित आदेशमा ‘यसअघि अन्तिम लिखित फैसलामा पूर्ण इजलासका पाँच जना न्यायाधीशबिच राय बाझिए पनि बहुमत राय दिने तीन जना न्यायाधीशले पनि निजगढमा विमानस्थल बनाउने कुरालाई रोक नलगाएको’ उल्लेख छ ।...

श्रीमान १० वर्ष सम्पर्कविहीन भए एकल महिला भत्ता दिन एमाले सांसदको प्रस्ताव

काठमाडौं । सांसदहरुले श्रीमान १० वर्षसम्म निरन्तर सम्पर्कविहीन भए श्रीमतीलाई एकल महिला भत्ता दिनुपर्ने प्रस्ताव गरेका छन् । सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै सांसदद्वय बिमला वि.क. र विमला विश्वकर्माले यस्तो प्रस्ताव अगाडि सारेका हुन् । उनीहरुले आफ्नो प्रस्ताव संसद सचिवालयको विधेयक...

उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो । मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४...

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए । जेठ अन्तिममा दाङका...

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौँ । मनसुन थप सक्रिय भएसँगै मंगलबार साँझदेखि देशको अधिकांश भू–भागहरुमा मध्यम देखि भारी वर्षा भइरहेको छ। विशेष गरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको साथै कर्णाली प्रदेशका केही जिल्ला र सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाहरुका केही स्थानहरुमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मनसुनी न्यूनचापीय रेखा औसत...

आज यी क्षेत्रमा बाढीको खतरा

काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । त्योसँगै बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज मधेस प्रदेशलगायत तराईका जिल्ला भई बहने साना नदी र डुबान भइरहने होचा स्थानमा बढीको उच्च जोखिम छ...

बालुवाटारको एक भवनमा आगलागी

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपालो कार्यालयमा आगलागी भएको छ। बिहान ७ बजेदेखि लागेको आगो दमकलको सहायताले आगो निभाउने काम जारी छ। आगलागी नियन्त्रणका लागि ५ वटा दमकल र सबै सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले जानकारी दिए। सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो...

हुप्राचौरमा व्यवसायीक भवनको काम अघि नबढाउन राप्रपाको आग्रह

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई वडा नम्बर–४ हुप्राचौरमा भ्युटावर सहितको व्यवसायीक भवन निर्माणको काम अघि नबढाउन आग्रह गरेको छ । ४७ करोड रुपियाँको लागतमा निर्माण हुन लागेको १३ तले भवनले हेटौंडालाई थप कुरुप बनाउने भन्दै भवनलाई स्थान्तरण गर्न राप्रपाले माग गरेको हो । मंगलबार (आज) राप्रपाले...

हेटौंडामा अनलाइन जुवा खेलाउने अड्डामा प्रहरीको छापा, ११ जना प्रक्राउ

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित एउटा घरको दुई तलामा अनलाइन जुवाको अड्डा रहेको तथ्य फेला परेको छ । रुकमणि न्यौपानेको घरको तेस्रो र चौथो तला भाडामा लिएर सूर्य प्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेड नाम कम्पनी सञ्चालन गरेर अनलाइन जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले छापा मारेको थियो ।...

मकरीमा रहेको चुरियामाई मन्दिरको ट्रस हल उद्घाटन

मकवानपुर । मकवानपुरको मनहरी १ मकरी स्थित चुरियामाई मन्दिरको ट्रस हलको उद्घाटन गरिएको छ । आज एक औपचारीक कार्यक्रम मार्फत मनहरी १ मकरीमा अवस्थीत चुरिमाई मन्दिरको ट्रसहल उद्घाटन गरिएको हो । विगत वर्षदेखि नै चुरियामाई मन्दिरमा हलको आवश्यक थियो तर काम हुन सकेको थिएन, स्थानिय युवाको सक्रियता र वडा...