मकरीमा रहेको चुरियामाई मन्दिरको ट्रस हल उद्घाटन

अखबार हब
२०७९ असार १४, मंगलवार २०:२३

मकवानपुर । मकवानपुरको मनहरी १ मकरी स्थित चुरियामाई मन्दिरको ट्रस हलको उद्घाटन गरिएको छ । आज एक औपचारीक कार्यक्रम मार्फत मनहरी १ मकरीमा अवस्थीत चुरिमाई मन्दिरको ट्रसहल उद्घाटन गरिएको हो ।

विगत वर्षदेखि नै चुरियामाई मन्दिरमा हलको आवश्यक थियो तर काम हुन सकेको थिएन, स्थानिय युवाको सक्रियता र वडा अध्यक्ष शिव प्रसाद खनालको नेतृत्वमा बजेट बिनियोजन भएर मन्दिरमा हल बनाउने काम सम्पन्न भयो स्थानीय विशाल उप्रेतीले बताए ।

वडामा रहेका मठ मन्दिर, गुम्बा, चर्च आश्रमको भौतिक संरचना निर्माण गरि त्यसको प्रवर्दन गरि धर्म संस्कृति जोगाउनु वडामा निर्वाचित भएका जनप्रतिनिधिको कर्तव्य रहेको खनालको भनाई छ । आफ्नो टीम विकास प्रेमी भएको र पाँच वर्ष भित्र मनहरी १ मा रहेको चुरियामाई मन्दिरलाई आहा चुरियामाई भन्ने बनाउने उनले प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

माधव गुरागार्इंको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष शिव प्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि वडा सदस्य दीपक ढकाल,सावित्री घिमीरे, मानव धर्म सेवा समिति मकरीका अध्यक्ष रामहरि लामिछाने, बद्री प्रसाद उप्रेती, चुरियामाई मन्दिरका पुजारी प्रेमबाहादुर मोत्तान(गौतम), रामप्रसाद उप्रेती, सरोज गुरागाईं ,गणेश बर्तौला, श्यामप्रसाद न्यौपाने, राम गोपाल पराजुली लगायत स्थानीयको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*