समाचार
१५ किलो गाँजासहित मनहरीबाट २ जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले मनहरी गाउँपालिकाबाट १५ किलो लागुऔषध गाँजासहित २ जना पक्राउ गरेको छ । मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी–९ ज्यामिरे जङगलेश्वर मन्दिर स्थित पुर्व–पश्चिम सडकखण्डबाट चितवनबाट हेटौंडा तर्फ आउदै गरेको ना ७ ख ६०५९ नंबरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा लागुऔषधसहित २ जना पक्राउ गरेको हो ।...
प्रेस युनियनको महाधिवेशन साउन ६ र ७ गते हेटौंडामा
मकवानपुर । नेपाल प्रेस युनियनको ९ ओैं राष्ट्रिय महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौंडामा हुने भएको छ । हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रेस युनियन केन्द्रीय समितिले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै...
हेटौंडामा सवारी दुर्घटना : एकको मृत्यु, दुईजना घाइते
मकवानपुर । हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बिहीबार दिउँसो हेटौंडा – ५ राधाकृष्ण मन्दिर नजिकै भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ फुर्केचौरका २५ वर्षीय...
मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार दिने
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका लागि छात्रबृत्तिसमेत दिन लागेको हो । प्रतिष्ठानका संयोजकसमेत रहेका गृह तथा संचारमन्त्री भरत साहले यही महिनादेखि नै...
हेटौंडा–काठमाडौँ जोड्ने दुईवटा सडक अझै अबरुद्ध
मकवानपुर । हेटौंडा– काठमाडौँ जोड्ने दुइवटा मार्ग अझै अबरुद्ध रहेको छ । हेटौंडा हुदै काठमाडौँ जाने कुलेखानी सिस्नेरी सडक खण्ड र कान्तिलोकपथ सडकको ठाउँठाउँमा पहिरो खसेकाले सडक अझै अबरुद्ध रहेको हो । दुबै सडक दुइ दिन देखि अबरुद्ध रहेका छन् । निरन्तरको वर्षाका कारण मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–४...
अविरल वर्षाको कारण डुवानमा निजगढ, चौकीमा बाढी पसेपछि प्रहरीलाई होटलको खाना
बारा । अविरल वर्षका कारण निजगढको जनजीवन प्रभावित बनेको छ । अविरल वर्षसंगै आएको बाढी पसेर ईलाका प्रहरी कार्यालय निजगढको मेससहित पुर्वपश्चिम लोकमार्गको शहिद चोक क्षेत्र लगायत विभिन्न स्थानका घर, पसल र कार्यालयहरु डुवानमा परेपछि जनजीवन प्रभावित बनेको हो । निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया...
जङ्गली जनावरले आक्रान्त मनहरीका बासिन्दा
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ का बासिन्दा जङ्गली जनावरले कारण आक्रान्त बनेका छन् । यस क्षेत्रमा लगाइएका बालिमा वन्य जन्तुले नष्ट गरेसँगै मनहरी १ का बासिन्दा यति बेला आक्रान्त बनेका हुन् । यस भेगमा पछिल्लो समय जङ्गली जनावरको आतंक दिन दिनै बढ्दो छ । पर्सा...
लागू औषधसहित एक जना पक्राउ
सुर्खेत । लागू औषधसहित सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दैलेखको दुल्लु नगरपालिका–१ सातखम्बका २० वर्षीया दिनेश शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । हाल उनी वीरेन्द्रनगर नगरपालिका –३ मुसुरीखेत बस्दै आएका थिए । प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयको सादा पोसाकमा खटिएको...
पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्छ: अध्यक्ष नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय प्रचार विभागले आज जिल्ला अध्यक्षहरूसँग गरेको अन्तर्क्रियामा अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिलेदेखि नै प्रदेश, जिल्ला, वडा तहसम्म सङ्गठन सुदृढीकरण गरी मतदाताका घरघरमा पार्टीले अवलम्बन...
सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो
विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले...










