समाचार
बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन कम्पनी खोल्ने सरकारको निर्णय
काठमाडौं । अन्ततः सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा बनाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पब्लिक कम्पनी स्थापना गरेर स्वदेशी लगानीमा बनाउने गरी गरेको प्रस्ताव मंगलबारको मन्त्रिपरिषद् बैठकले पास गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उर्जा मन्त्रालयको प्रस्तावअनुसार छुट्टै कम्पनी...
श्रीलंकामा दुई साता पेट्रोल बिक्रीमा प्रतिबन्ध
काठमाडौं । आर्थिक संकट गहिरिँदै गएपछि श्रीलंकाले अत्यावश्यक सेवा बाहेकका क्षेत्रमा पेट्रोल बिक्रीमा प्रतिबन्ध लगाएको छ । बीबीसीले स्थानीय अधिकारीहरुलाई उदृत गर्दै उल्लेख गरेअनुसार अबको दुई साता श्रीलंकामा यात्रुबाहक बस, औषधि र स्वास्थ्यजन्य सेवाका सवारी र खाद्य वस्तु ओसारपसार गर्ने सवारी साधनले मात्रै पेट्रोल पाउनेछन् । आर्थिक संकटका कारण...
बलात्कार आरोपमा रिसोर्टबाटै युवक पक्राउ
भक्तपुर । प्रहरीले एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्री रहेका छन् । सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब...
गठबन्धनको उद्देश्य सत्ता स्वार्थ मात्रः ज्ञवाली
चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताएका छन् । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर संकटको सामना गरिरहेको टिप्पणी गरे । मुलुक आर्थिक हिसाबले मुलुक अत्यन्त जोखिमको अवस्थामा पुगेको भन्दै उनले भने,...
चट्याङ लागेर एक जनाको मृत्यु
रूपन्देही । रूपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरईको चट्याङ लागेर मृत्यु भएको हो । मंगलबार बिहानै खेतमा काम गर्न गएको बेला चट्याङ लागेर बरईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए । बरईको...
बैंकिङ कसुर मुद्दामा विनोद घिसिङ पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त विनोद लामा भन्ने विनोद घिसिङलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले ४३ वर्षीय घिसिङलाई आज बिहान काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो । उनीमाथि बैंकिङ कसुरका ३ वटा मुद्दा थियो । ती मुद्दामा २०७८ पुस २७ गते उच्च...
एमालेका कैलाली जिल्ला अध्यक्ष थापा जिम्मेवारीबाट हटाइए
धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो । प्रदेश कमिटीका सचिव धर्मराज पाठकका अनुसार जिल्ला कमिटीलाई साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न...
जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयमा अन्तरसंवाद
मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुर साखाको आयोजानमा हेटौंडामा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रताका विषयमा अन्तरसंवाद कार्यक्रम गरिएको छ । जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा कार्यक्रम गरिएको हो । प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता तथा मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको प्रमुख...
‘मैले बुझेको मदन भण्डारी’ विषयको वक्तृत्वकलामा न्यौपाने पहिलो
मकवानपुर । ‘मैले बुझेको मदन भण्डारी’ विषयको खुल्ला वक्तृत्वकला प्रतियोगितामा सुनिल न्यौपाने प्रथम भएका छन् । ७१ औं मदन भण्डारी जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन जिल्ला समिति मकवानपुरले आइतवार आयोजना गरेको खुल्ला वक्तृत्वकला प्रतियोगितामा न्यौपाने प्रथम भएका हुन् । प्रतियोगितामा द्धितीय सफल उप्रेती, तृतीय उचित बजगाईं भएका छन्...
कैदीबन्दीले भोट हाल्न पाउने व्यवस्था गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न आदेश दिएको छ । अदालतले आगामी प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो । काठमाडौं स्कुल अफ ल का विद्यार्थीद्वय प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल...










