समाचार
सहकारीमा सुशासन कायम गर्नुस् : मन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेश भूमि ब्यवस्था, गरिबी निवारण मन्त्री बलराम पौडेलले सहकारी संस्थामा सुशासन कायम गर्न आग्रह गरेका छन् । सहकारी ब्यवस्थापन सम्बन्धि २ दिने पुनर्ताजगी तालिमको उद्घाटनका क्रममा मन्त्री पौडेलले सहकारीको प्रगतिको लागि सुशासन आवश्यक भएको बताएका हुन् । उनले आगामी आर्थिक बर्षमा सहकारी मार्फत ३ सय जना...
सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा भए समाजवादीका चार मन्त्री
काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारका चार मन्त्री सम्पत्ति विवरण सार्वजनिक नै नगरी बिदा भएका छन् । मन्त्री नियुक्त भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै देउवा सरकारका चार मन्त्री विवरण नै सार्वजनिक नगरी बाहिरिएका हुन् । नेकपा ९एकीकृत समाजवादी० पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा,...
सिटी स्क्यान खरिदमा ७ करोड बढी रकम कबोल गर्नेलाई खरिद गर्न दिन इन्द्र बानियाँको सेटिङ
काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट अगाडि बढेको सिटी स्क्यान मेसिनको खरिद प्रक्रियामा सेटिङ गरेको तथ्य फेला परेको छ । व्यापारीसँगको मिलेमतोमा केन्द्रका निर्देशक डा अर्जुनप्रसाद सापकोटाले सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीलाई पन्छाएर झण्डै सात करोड बढी रकम कबोल गरेको अर्को कम्पनीलाई खरिद गर्ने दिने निर्णय...
अनेरास्ववियुले गर्यो मकवानपुरगढी दरवार परिसरको झण्डा परिवर्तण
मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले ऐतिहासिक मकवानपुरगढी दरवार परिसरमा राखिएको नेपालको झण्डा परिवर्तण गरेको छ । आइतवार अनेरास्ववियु मकवानपुरले दरवार परिसरमा राखिएको भण्डा परिवर्तण गर्नुका साथै सरसफाई समेत गरेको हो । ऐतिहासिक महत्व बोकेको गढी दरवारमा फोहोर मैला थुप्रिएको र परिसरमा राखिएको नेपालको भण्डा समेत...
हेटौंडाको बजेट २ अर्ब ७१ करोड, ७९ लाख
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नेकपा एमालेले बहिष्कार गरेपश्चात् असार १० गते बजेट ल्याउन नसकेको उपमहानगरले आइतबार ११ औं नगरसभाको दोस्रो बैठकमा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । उपमेयर...
पृथ्वीराजमार्ग फेरि अवरूद्ध
चितवन । नारायणगढ मुग्लिन सडकको घोप्टेभीरमा खसेको पहिरो सफा गरे लगत्तै नाग्दी भीरमा पहिरो खसेका कारण पृथ्वीराजमार्ग अवरूद्ध भएको छ । आइतबार मध्याह्न सवा १२ बजेतिर घोप्टेभिरमा पहिरो खसेको थियो । त्यो पहिरो सफा गरेर दिउँसो १ बजेपछि गाडी खुले लगत्तै नाग्दीमा पहिरो गएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका...
बागमतीको बजेटमाथि आजबाट छलफल
मकवानपुर । बागमती प्रदेशसभाको संसद् बैठक आज आइतबार बस्दैछ ।आइतबार दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल हुने जनाइएको छ । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट ल्याएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम...
पोखरामा बाटोसँगै घर भासियो
पोखरा । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ । फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए । ‘सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । घरको बाहिरी भाग...
ट्रक व्यवसायी महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ
ललितपुर । नेपाल ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा हिरालाल क्षेष्ठ निर्वाचित भएका छन् । शनिवार सम्पन्न महासंघको पन्ध्रौँ साधारण सभा तथा सातौँ महाधिवेशनबाट अध्यक्षमा श्रेष्ठ विजयी भएका हुन् । निर्वाचन परिणाम अनुसार राजेन्द्रकुमार श्रेष्ठलाई पराजित गर्दै हिरालाल श्रेष्ठ आगामी ३ बर्षे कार्यकालका लागि महासंघको अध्यक्षमा विजयी भएका हुन् ।...
वंशगोपाल माविका विद्यार्थीको निःशुल्क आखाँ परिक्षण
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको वंशगोपाल माध्यामिक विद्यालयका विद्यार्थीहरुको निःशुल्क आखाँ परिक्षण गरिएको छ । शुक्रबार रोट्रयाक्ट क्लब अफ हेटौंडाको आयोजना तथा हेटौंडा १० स्थित शान्ति अप्टिकल सेन्टरको प्राविधिक सहयोगमा आखाँ परिक्षण गरिएको हो । निशुल्क आखाँ परिक्षणमा विद्यालयका ४३० जना विद्यार्थीहरुले सेवा लिएका छन्...










