समाचार

वीरेन्द्रनगरमा बर्डफ्लु पुष्टि

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा आज गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु देखिएको पुष्टि भएको हो । एक सयबढी टर्की मरेपछि परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो । पशुपंक्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख...

अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छः खतिवडा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीभित्र मन्त्री फेरबदलको विवाद चुलिँदै गइरहेको बेला अब केही घण्टाभित्रै मन्त्रीहरू हेरफेर हुने दाबी गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले अब दिनहरूमा होइन, घण्टाहरूमा मन्त्रीहरू हेरफेर गर्ने दिशामा लागेको भन्दै पार्टीको निर्णय कार्यान्वयनमा गर्ने बैठकले जोड दिएको हो । पार्टीको सचिवालय बैठकपछि उपमहासचिव समेत...

देशको राजनीतिको चाबी जनताले माओवादीलाई दिएका छन्ः अध्यक्ष प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले देशको राजनीति कता लैजाने भन्ने चाबी आफ्नो पार्टीलाई दिएको दाबी गरेका छन् । बिहीबार ललितपुरमा स्थानीय तहको निर्वाचनमा माओवादीबाट विजयी जनप्रतिनिधिको प्रशिक्षण भेलामा अहिलेको अवस्थामा पनि आफ्नो पार्टीले एक सय २२ पालिका जित्नु ठूलो कुरा भएको उनले बताए...

वायु सेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन ज्वारचन नियुक्त

काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई नियुक्त गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेको मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकको कामकाज गर्नेगरी नियुक्ति दिइएको हो । कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी ज्वारचनले पाएका हुन् ।...

मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता

काठमाडौं । युरिया मल उत्पादनको सम्भाव्यता अध्ययन गर्न बागमती प्रदेश सरकार र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता भएको छ । प्रदेशको पशुपन्क्षी विकास मन्त्रालय र विश्वविद्यालयबीच आज अध्ययन सम्झौता भएको हो । पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईं र विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले युरिया मल उत्पादनसम्बन्धी सम्भाव्यता अध्ययन र विस्तृत...

मूल्यवृद्धि विरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धि विरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौँको नयाँ बानेश्वरमा युवा संघले मसाल जुलुस निकालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सरकारी गाडी तोडफोड भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप...

जनकपुरधाम आइपुग्यो धार्मिक पर्यटक बोकेको भारतीय रेल

काठमाडौँ । धार्मिक पर्यटक बोकेको भारतीय रेल बिहीबार जनकपुर आइपुगेको छ। १४ कोच र ५०० धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा “भारत गौरव“ भारतीय रेल आज दिउँसो जनकपुरको रेल्वेस्टेशनमा आइपुगेको हो । २१ जुन २०२२ मा भारतको नयाँ दिल्लीमा भारतका रेल मन्त्री तथा पर्यटन मन्त्रीले संयुक्त रूपमा झन्डा देखाएर...

तिलोत्तमाको नीति तथा कार्यक्रमः फागुनभित्र योजना सम्झौता, जेठभित्र भुक्तानी (पूर्णपाठ)

बुटवल । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख रामकृष्ण खांणले बिहीबार नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश अघिल्लो वर्षका पुरानैलाई निरन्तरता दिइएको छ । नयाँ कार्यक्रमको रुपमा पूंजिगत खर्च बढाउन फागुन मसान्तभित्र सम्झौता,जेठ मसान्तभित्र भुक्तानीको नीतिलाई कडाइका साथ...

चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

काठमाडौं । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन् । मन्त्रिपरिषदबाट चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले पनि अनुमोदन गरेको थियो । श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका थिए ।

ट्रक यातायात व्यवसायी महासंघको साधारण सभाको तयारी पूरा

मकवानपुर । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औँ साधारण सभा तथा सातौँ महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार ललितपुरको धोबिघाट स्थित सिद्धार्थ कटेजमा हुन लागेको साधारणसभाको तयारी पूरा भएको महासंघका महासचिव एवं प्रवक्ता राजेन्द्र विक्रम बानियाँले जानकारी दिए । महाधिवेशनले २१ सदस्यीय महासंघको नयाँ कार्यसमिति चयन गर्ने...